प्रदेश १ का १४ जिल्लाहरूमा कालाे दिनकाे विराेध सभा

 लिम्बुवान न्युज
                       

दमक, १७ फाल्गुन । पहिचान पक्षधर शक्तिले शनिबार प्रदेश नं. १ काे १४ वटा जिल्लाकाे विभिन्न स्थानहरूमा बिरोध प्रदर्शन र खबरदारीसभा गरेको छ । दुई वर्ष अघि आजकै दिन प्रदेश १ को नाम कोशी राखिएपछि सो शक्ति निरन्तर संघर्षमा छ ।

प्रदेशको नाम खारेज गर्नु पर्ने मागसहित संघर्ष गरिरहेको सो शक्तिले आज फागुन १७ गतेलाई ‘कालो दिन’ को संज्ञा दिँदै आएको छ । पहिचान पक्षधर शक्तिहरुले आजको दिनलाई कालो दिनको रूपमा लिने र अधिकारका लागि सरकारलाई झक्झक्याउन सडकमा ओर्लन्छन् ।

आज झापाकाे विर्तामाेड, माेरङकाे पथरी, सुनसरीकाे इटहरी, धनकुटा, तेह्रथुमकाे म्याङलुङ, संखुवासभा, खाेटाङ, भाेजपुर, साेलुखुम्बु, उदयपुर, पान्थरकाे फेदेन, ताप्लेजुङकाे फुङलिङ, इलाम लगायत विभिन्न स्थानहरूमा विराेध सभा सहित कालाे दिन मनाइएकाे प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयाेजक तथा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले बताए ।

पहिचानवादी नेता येक्तेनले भन्नुभयो, ‘२०७९ साल फागुन १७ गते हाम्रो पहिचान खोसिएको दिन हो, पहिचान स्थापित नभएसम्म आन्दोलन रोकिन्न ।’ आजकै दिन अर्थात् आजकै दिन ०७९ फागुन १७ गते १ नम्बर प्रदेशसभाले कोशी प्रदेश नामकरण गरेको थियो ।

नारा जुलुससँगै हजाराैंकाे संख्यामा भेला भएका पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान मेट्न पाइदैन, केशी नाम चाहिँदैन, संघर्ष जारी, हाम्रो माग सम्बोधन गर जस्ता नारा लगाएका थिए । प्रदेश नं १ पुनः नामांकन सघर्ष समिति र विभिन्न जातीय संगठन, पहिचान पक्षधर पार्टीहरूले झण्डा र व्यानर सहित निकालिएको विरोध र्‍याली निक्कै व्यवस्थित र शान्तिपूर्ण देखिएको थियोे । सहभागीले विभिन्न जातिका मातृभाषामा पनि आफ्नो अहिकारका पक्षमा नारा लगाइएका थिए ।

यसैक्रममा प्रदेश नं १ पुनः नामांकन सघर्ष समिति झापाले विर्तामाेडमा वृहत र्याली सहित कार्यक्रम गरेकाे छ । संयोजक पाण्डवलाल चौधरीले वाद, बिचारभन्दा पनि माथि उठेर पहिचानको संघर्ष सुरु गरेकोले पहिचानसहितको अधिकार स्थापित नभएसम्म संघर्ष नरोकिने बताउनुभयो । ‘यो हाम्रो रहर होइन, बाध्यता हो, पहिचानको लडाइँ हो’ चौधरीले भन्नुभयो, ‘पहिचानसहित अधिकार स्थापना नभएसम्म संघर्ष रोकिन्न ।’ उहाँ ०७९ फागुन १७ गते पहिचान माथि षड्यन्त्रपूर्ण ढंगले धाबा बोलिएको दाबीसमेत गर्नुभयो ।

विरोधसभामा पहिचानवादी नेता तथा संविधानसभा सदस्य राजकुमार नाल्बो, जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई , जनता समाजवादी पार्टीका झापा अध्यक्ष समर राई, राजवंशी महिला समाज विकास समिति अध्यक्ष सनम राजवंशी, मुकुम्लुङ संरक्षण तथा केवलकार संघर्ष समितिका झापा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, किरात राई याक्थुङ चुम्लुङ राष्ट्रिय परिषद सदस्य तथा पहिचान संघर्षका घाइते नरेशहाङ लिम्बु, चुलाचुली गाउँपालिका १ का वडाध्यक्ष ध्रुव लावतीले प्रदेशसभाको उक्त निर्णयलाई धोखापूर्ण र पहिचान माथिको नाङ्गो हस्तक्षेप भनेका थिए।

कोशी प्रदेश नाम तत्काल खारेज गर्नु पर्ने उनीहरूले माग गरे । प्रदेश १ को पुनः नामकरणको आधार सभ्यता, पहिचान र ऐतिहासिक पृष्ठभूमि हुनु पर्नेमा उनीहरूको जोड छ । अधिकांश वक्ताले पहिचान स्थापना नभएसम्म फागुन १ कालो दिनका रूपमा इतिहासमा दर्ज हुने जिकिरसमेत गरे । स्थानीय सिटीसेन्टरबाट सुरु भएको र्‍याली बिर्तामोड बजारको परिक्रमा पछि विरोधसभामा परिणत भएको थियोे ।

प्रवास इजरायल, युएइ, कतार लगायत अन्य प्रवासहरूमा समेत कालाे दिन मनाइएकाे स्राेतले जनाएकाे छ ।

 

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;