फाल्गुन २६ गते लिम्बु चलचित्र चे दमकमा प्रदर्शन हुने

 लिम्बुवान न्युज
                       

दमक, १७ फागुन । आधुनिक विकासका नाममा लिम्बू जातिहरु आन्तरिक र बाह्य रुपमा कसरी लास सरह भइरहेका छन् भन्ने कुरालाई इंकित गर्दै निर्माण गरिएको लिम्बू भाषाको चलचित्र ‘चे’ अर्थात ‘लास’लाई फागुन २६ मा दमकमा प्रदर्शन गरिने भएको छ ।

माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र फागुन २६ मा दमकस्थित डिम्याक्स सिनेमा हलमा विशेष प्रदर्शनी हुने जानकारी गराएको हो ।

निर्माता समेत रहनु भएका चलचित्रका लेखक एवम् निर्देशक सागर केरुङले आधुनिक विकासका नाममा याक्थुङ आदिवासीहरुको चे (लास) समाधि गर्ने स्थल नासिएको विषयलाई साँस्कृतिक गाम्भिर्यताका रुपमा चलचित्रमा उतारिएको बताउनु भयो ।

चलचित्र आधुनिकताका नाममा सांस्कृतिक सम्पदा नास्ने र जोगाउने बीचको द्वन्दात्मक कथाका रुपमा रहेको प्रष्ट्याउनु भयो ।

कार्यक्रममा मुन्धुमी गायक ब्रबिम सेर्मा, निर्देशक लाेकेन साँवा, बरिष्ठ कलाकार राज काउछा मगर, कियाचु लिम्बुवान प्रदेश सचिव साङसेन पन्धाक, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, नगर अध्यक्ष देवेन्द्र चेम्जाेङ, याक्थुङ मुन्चइत चाेक सयङ लिम्बुवान प्रदेश अध्यक्ष भुपेन्द्र तुम्बाहाङफे लगायतकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा कलाकार प्रमिता फियाककाे पनि उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम लिम्बु भाषा साहित्य प्रतिष्ठानका कुलपति सेसेमी से नाल्बाेकाे अध्यक्षता र दिलकुमार लावतीकाे संचालनमा भएकाे थियाे ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...