माइतीघर मण्डलामा मुक्कुलुङ रक्षाको लागि विरोधसभा हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, २१ फाल्गुन । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा काठमाडौंस्थित माईतीघर मण्डलामा आज विरोधसभा हुँदैछ । लिम्बु याक्थुङहरुको पवित्र मुन्धुमी सांस्कृतिकस्थल मुक्कुलुङ्मा केवलकार निर्माण शुरुभएसँगै नो केवलकार पक्षले निरन्तर आन्दोलन गरिरहेका छन् ।

फाल्गुन ६ देखि ८ गतेसम्मको मुक्कुमलुङ पदयात्रा सम्पन्न पश्चात केवलकार निर्माणको वटमस्टेष्टमा धर्नादिने क्रममा प्रहरी र आन्दोलनरत पक्षबिच भएको झडपबाट दर्जनौं घाइते भएको । अमानवीय व्यवहावहार गरि क्रुर तानाशाही शैलीबाट आन्दोलनरत पक्षलाई दवाउने प्रयास सँगै पक्राउ गरिएको, फाल्गुन १० गते फुङलिङमा विरोध¥याली र शान्तिपूर्ण राँकेजुलुस पछि आन्दोलनरत पक्षलाई घरघर पुगेर प्रहरी र केवलकार निर्माण पक्षकाहरुले दमन गरेको प्रति विरोध जनाउँदै काठमाडौंमा संघर्ष समितिले विरोध सभाको आयोजना गरेको हो ।

दिउँसो २ बजे हुने कार्यक्रममा उक्त आन्दोलनमा घाइते भएकाहरुको तस्वीर सार्वजनिक गर्ने साथै पक्राउ परेका १८ जना भन्दा धेरै योद्धाहरु र हालसम्म अपरण तथा बेपता पारिएकाहरु सावर्जनिक गर्न राज्यलाई आव्हान गर्नसमेत कार्यक्रमको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताइन् ।

फाल्गुन १० गते महिलाहरुमाथिको ज्यादती अमानवीय र क्रुर तानाशाह शासनभन्दा पनि भएको उनले बताउँदै अब पनि राज्यले आन्दोलनकारीमाथि दमन गरे आन्दोलनले तेस्रो जनआन्दोलनको रुप लिन सक्ने वताइन् ।
राज्य पक्षले आदिवासी जनजातिमाथि अपमान गरेको, हेपेको र उनीहरुको अधिकार खोस्ने कार्य भएको छ । त्यो किमार्थ मान्य नहुने बताउँदै भनिन् “बरु हामी रगत बगाउन तयार छौं, जेल बस्न तयार छौं तर मुक्कुमलुङ माथि भएको अतिक्रमण, मुन्धुमी संस्कृतिमाथि भएको दमन र याक्थुङहरुको माङगेन्ना ढाल्न दिने छैनौं ।”

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ साथै अन्य जातीय घटक सदस्यहरु, मधेशवादी दल, पहिचान पक्षधर पार्टीहरु, नागरिक समाज, सामाजिक अभियन्ता तथा कानुन विज्ञ र बरिष्ठ साहित्यकारहरुको समेत उपस्थिति रहने किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङबुङले बताए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...