लिम्बुवानखबरका सम्पादक चोङबाङ् बैबाहिक बन्धनमा बाँधिए

 लिम्बुवान न्युज
                       

दमक, २९ फाल्गुन । झापाको दमकबाट विगत पाँच बर्षदेखि निरन्तर अपडेट रहेको लिम्बुवानखबर डटकम न्यूजपोर्टलका सम्पादक तेह्रथुम फेदापका विष्णुकुमार लिम्बु “सेसेहाङ” बैबाहिक वन्धनमा बाँधिएका छन् ।

विहीबार (आज)  दश लिम्बुवान सत्रथुमको रीतिथिति अनुसार तेह्रथुम जिल्ला आठराई ह्वाकुकी तुलसा इङ्नामसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

लिम्बुवानखबर स्थापना कालदेखि नै यस पोर्टलको सम्पादकको भूमिकामा रहेर निरन्तर कर्म गरिरहनु भएका चोङबाङ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम जिल्ला शाखाका अध्यक्ष समेत हुन् । यसरी नै विभिन्न संघ संस्थाहरुमा क्रियासिल चोङहाङ् पहिचान पक्षधर जिल्लाका एक प्रखर नेता समेत हुन् ।

पोक्लाबाङ माङ्गेन्ना यकका समेत अध्यक्ष रहेका सम्पादक चोङबाङ्ले याक्थुङ भाषाको कृति समेत प्रकाशनमा ल्याएका छन् । लामो समयदेखि पत्रकारितामा निरन्तर कमल चलाई रहेका चोङबाङलाई बैबाहिक सफलताको शुभकामना ।

 

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...