ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन

 लिम्बुवान न्युज
                       

दमक, ३ चैत्र । मुक्कुलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरुले घोषणा गरेको ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन भएको जनाएको छ । उनीहरुले एक विज्ञप्ति जारी गर्दै चैत्र ५ गते स्ववियूको चुनाव हुने भएको हुँदा चैत्र ४ गते हुने भनिएको उक्त कार्यक्रम स्थगन गरेको जनाएको हो ।

ताप्लेजुङस्थित मुक्कुमलुङ संरक्षण र मुक्कमुलुङमा केवलकार निर्माण खारेजको लागि निरन्तर गरिरहेको आन्दोलनका लागि यहि चैत्र ४ गते ऐसियन हाईवेमा यातायात बन्दको घोषणा गरेको थियो ।
स्ववियूको चुनावलाई मध्यनजर गर्दै तत्काललाई प्रदेश नं. १ अन्तर्गतको सडकखण्डमा यातायात बन्द घोषणा गरेको संघर्ष समिति हाईकमाण्डले तत्काल अर्को सूचना प्रकाशन नभएसम्मको लागि उक्त कार्यक्रम स्थगन गरिएको जनाएको छ । यद्यपी अन्य घोषित कार्यक्रम भने यथावत रहेको जनाएको छ ।
चुम्भो अन्र्गत विभिन्न १२ वटा संघ संस्थाहरु रहेको छन् भने राजनीतिक दल अन्र्गत ११ भन्दा धेरै संगठन संघर्ष समितिहरुमा आबद्ध रहेको छ।

 

 

 

 

 

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...