मुक्कुमलुङ आन्दोलन पक्षले गर्यो वार्ता सहजीकरण समिति गठन

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ चैत्र । मुक्कुमलुङमा नो केवलकार पक्षधरले सरकारले लिखित रुपमा पत्र पठाउँदै वार्ताको लागि आव्हान गरेपछि वार्ता सहजीकरण समिति गठन गरेको छ । आईतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीति दलहरुले विज्ञप्ति जारी गर्दै १० सदस्यीय समिति गठन गरेको जनाएको हो ।

गृहमन्त्रालयले वार्ताको लागि औपचारिक पत्र संघर्षरत संगठनलाई पठाएपछि वार्ता सहजीकरणको लागि समिति गठन गरिएको कियाचू संघीय अध्यक्ष प्रेम एक्तेनले बताउनु भयो ।

वार्ता सहजीकरणको लागि सरस्वता सिंगक (सरु)को संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा कुमार लिम्बु, सुर्यविक्रम चेम्जोङ, धनराज सुब्बा (फेदापे), दिपक याक्खा, अ. लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, अर्जुन जुम्नेली राई र आलोक माबोहाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।

मुक्कुमलुङको संरक्षण तथा केवलकार निर्माण खारेजको सवाल ताप्लेजुङ जिल्लाको मात्र सरोकारको विषय नभई सिंगो लिम्बु याक्थुङहरुको सांस्कृतिक, धार्मिक, आध्यात्मिक तथा प्राकृतिक सम्पदाको समेत संरक्षण भएको हुँदा यस्तो पवित्र धार्मिक आस्थाको स्थललाई संरक्षण गर्दै विश्व सम्पदासूचीमा सूचिकृत गर्नुको साटो राज्य र राज्य संचालक भ्रष्टचारी दलाल माफियाहरुको हातबाट ध्वस्त पार्न खोजिन्नु दुःख भएको हुँदा सरोकार पक्षसँग सहजीकरण र संवाद गर्न साथै विगतमा सत्ता पक्षसँग भएको ४ बुँदे सर्तलाई समेत स्मरण गर्दै वार्ता गर्न र वातावरण सौहार्दपूर्ण वनाउन सहजीकरण समिति बनेको जनाइएको छ ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;