सर्वोच्चले मुक्कुमलुङमा नो केवलकार आन्दोलनका १८ जनालाई थुनामा राख्नुको कारण माग्योः रिले अनशन शुरू

 लिम्बुवान न्युज
                       


ललितपुर, ४ चैत्र । सर्वोच्च अदालतले मुक्कुमलुङ्मा नो केवलकार आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको शुक्रबारको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन कार्याल्य ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालयका नाममा आदेश जारी गरेको छ ।
सो रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. चुडालको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गर्दै ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारण सहित ३ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ समेतका नाउँमा आदेश दिएका छन् ।
मुक्कुमलुङमा केवलकार निर्माण खारेज गर्नुपछि भनी भईरहेको आन्दोलनको क्रममा पक्राउ परेकाहरूलाई गैह्रकानुनी थुनामा राखिएको भन्दै अभिवक्त राजीव बास्तोलाले २८ फागुनमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।
उनले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलगायतलाई विपक्षी बनाएका छन् । सर्वोच्चमा शुक्रबार निवेदकको तर्फबाट अधिवक्ता लबन न्यौपाने, विनोदमणि भट्टराई, राजीव बाँस्तोलालगायतले बहस गरेका थिए ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा रहेको मुक्कुमलुङ पाथीभरामा केवलकार परियोजना बनाउने भनेपछि केवलकार निर्माणको विरुद्ध आन्दोलन हुँदै आएको छ । विभिन्न १२ वटा जातीय संघ संगठन सम्मिलित मुक्कुमलुङ ताङसेःप चुम्भो र ११ भन्दा धेरै राजनीतिक दलहरुको अन्तरदलीय संघर्ष समिति लगायत पहिचान तथा संस्कृति संरक्षणकर्ताहरु आन्दोलित भएका छन् ।
मुक्कुमलुङ त्यहाँका रैथाने लिम्बु याक्थुङ लगायत जातीहरुले सांस्कृतिक आस्थाको धरोहर भएको हुँदा पवित्रस्थललाई अतिक्रकण गरि त्यसको आस्था र प्राकृतिक सौन्दर्यतालाई नै समाप्त पार्ने केवलकार परियोजना अघि बढेपछि आन्दोलित भएका छन् । आन्दोलनको क्रममा गत १० फागुनमा ताप्लेजुङ सदरमुका फुङलिङ बजार तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रहरी प्रशासनले अमानवीय शैलीको व्यवहार गर्दै १८ जनालाई नियन्त्रणमा लिएको थियो । मानवअधिकारको हनन् गर्दै घरभित्रै अस्रु ग्याँस प्रहार गरि प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएकोमा हालसम्म हिरासतमा रहेको हुँदा संघर्षरत संघ संगठनले विरोध जनाएका छन् र तत्काल रिहाई गर्न अपिल गरेका छन् ।

मुक्कुमलुङ अान्दाेलनका बन्दि रिहाइकाे माग गर्दै रिले अनसन 

ताप्लेजुङ जिल्ला प्रशासन अघि रिले अनसन शुरू भएकाे छ । पक्राउ परेका १८ जनाकाे रिहाइकाे माग गर्दै अाइतबारदेखि रिले अनसन शुरू भएकाे संघर्ष समितिले जनाएकाे छ । जबसम्म बन्दिहरूकाे रिहाइ हुँदैन तबसम्म याे निरन्तर रहने वताइएकाे छ ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...