मुक्कुमलुङ संरक्षक र सरकारबीच ७ गते उच्चस्तरीय वार्ता हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, ४ चैत्र । मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकाबीचको चैत्र ७ गते उच्चस्तरीय वार्ता हुनेभएको छ ।
मुक्कुमलुङमा नो केवलकार पक्षधरका वार्ता सहजीकरण समिति र सरकारी वार्ता टोलीवीच आज काठमाडौमा भएको छलफलमा सो निर्णय भएको सहजीकरण समितिको संयोजक सरु सिंघकले जानकारी दिए ।
मुक्कुमलुङ संयुक्त संघर्ष समितिले सरकारलाई दवाब दिन पर्सि ६ गते सिंहदरबार घेराउको कार्यक्रम राखेको छ । वार्ता र आन्दोलनसँगै लाने नीति अनुसार सिंहदरबार घेराउ कार्यक्रम नरोकिने लिम्बू थरगत संस्था सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वाले बताए ।
सरकारी पक्ष र मुक्कुमलुङ संरक्षक वार्ता सहजीकरण समितिबीच बेस्ट वेस्र्टन प्लस होटल, पिङ्गलास्थान काठमाडौंमा छलफल भएको थियो ।
आज (फागुन ४) बिहान ११ बजेदेखि करिव ४ घण्टा छलफलबाट उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको हो । नेपाल सरकारको मन्त्री वा सचिव स्तर र आन्दोलनरत पक्षको शीर्षष्त नेताहरुसहित ७ चैत्रमा उच्चस्तरीय बार्ता बस्नेत निर्णय भएको छ ।
सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराई र मुक्कुमलुङ संयुक्त संघर्ष समितिको तर्फबाट वार्ता सहजीरकरण समितिको संयोजक सरु सिंघकको नेतृत्वमा छलफल भएको थियो ।
मुक्कुमलुङ संरक्षकको तर्फबाट कुमार लिम्बू, सुर्यविक्रम चेम्जोङ, धनराज चोङ्बाङ, दीपक याक्खा, अर्जुन जम्नेली राई, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, आलोक माबोहाङ वार्ता सहजीकरण समितिको सदस्य रहेका थिए ।
नेपाल सरकार गृह मन्त्रालयले चैत्र १ गते पत्र पठाएर वार्ताको लागि पुनः आव्हान गरेका थिए । मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई फागुन १० गते ताप्लेजुङको फुङ्लिङ्ग बजारमा प्रहरी प्रशासनले अमानवीय व्यवहार गर्दै कुटपिट गरी घाइते बनाउनुको साथै १८ जनालाई नियन्त्रण गरेको थियो । नेताहरुलाई वारेन्ट काटेको छ । ताप्लेजुङमा पक्राउ परेका मुक्कुमलुङ संरक्षणकर्मीहरुलाई सरकारले अझै छाडेको छैन ।
केवलकार खारेज नभएसम्म आन्दोलन जारी रहने कुनै हालतमा बन्न नदिने बनाउन सुरु गरेपनि भत्काइदिने पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिको संयोजक खगेन्द्र फेम्बूले बताउदै आएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...