मुक्कुमलुङ संरक्षक र सरकारबीच ७ गते उच्चस्तरीय वार्ता हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, ४ चैत्र । मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकाबीचको चैत्र ७ गते उच्चस्तरीय वार्ता हुनेभएको छ ।
मुक्कुमलुङमा नो केवलकार पक्षधरका वार्ता सहजीकरण समिति र सरकारी वार्ता टोलीवीच आज काठमाडौमा भएको छलफलमा सो निर्णय भएको सहजीकरण समितिको संयोजक सरु सिंघकले जानकारी दिए ।
मुक्कुमलुङ संयुक्त संघर्ष समितिले सरकारलाई दवाब दिन पर्सि ६ गते सिंहदरबार घेराउको कार्यक्रम राखेको छ । वार्ता र आन्दोलनसँगै लाने नीति अनुसार सिंहदरबार घेराउ कार्यक्रम नरोकिने लिम्बू थरगत संस्था सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वाले बताए ।
सरकारी पक्ष र मुक्कुमलुङ संरक्षक वार्ता सहजीकरण समितिबीच बेस्ट वेस्र्टन प्लस होटल, पिङ्गलास्थान काठमाडौंमा छलफल भएको थियो ।
आज (फागुन ४) बिहान ११ बजेदेखि करिव ४ घण्टा छलफलबाट उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको हो । नेपाल सरकारको मन्त्री वा सचिव स्तर र आन्दोलनरत पक्षको शीर्षष्त नेताहरुसहित ७ चैत्रमा उच्चस्तरीय बार्ता बस्नेत निर्णय भएको छ ।
सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराई र मुक्कुमलुङ संयुक्त संघर्ष समितिको तर्फबाट वार्ता सहजीरकरण समितिको संयोजक सरु सिंघकको नेतृत्वमा छलफल भएको थियो ।
मुक्कुमलुङ संरक्षकको तर्फबाट कुमार लिम्बू, सुर्यविक्रम चेम्जोङ, धनराज चोङ्बाङ, दीपक याक्खा, अर्जुन जम्नेली राई, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, आलोक माबोहाङ वार्ता सहजीकरण समितिको सदस्य रहेका थिए ।
नेपाल सरकार गृह मन्त्रालयले चैत्र १ गते पत्र पठाएर वार्ताको लागि पुनः आव्हान गरेका थिए । मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई फागुन १० गते ताप्लेजुङको फुङ्लिङ्ग बजारमा प्रहरी प्रशासनले अमानवीय व्यवहार गर्दै कुटपिट गरी घाइते बनाउनुको साथै १८ जनालाई नियन्त्रण गरेको थियो । नेताहरुलाई वारेन्ट काटेको छ । ताप्लेजुङमा पक्राउ परेका मुक्कुमलुङ संरक्षणकर्मीहरुलाई सरकारले अझै छाडेको छैन ।
केवलकार खारेज नभएसम्म आन्दोलन जारी रहने कुनै हालतमा बन्न नदिने बनाउन सुरु गरेपनि भत्काइदिने पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिको संयोजक खगेन्द्र फेम्बूले बताउदै आएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...