सुगुप चलचित्र दुबईमा प्रिमियर शाे हुने

,   लिम्बुवान न्युज
                       

दमक, ५ चैत्र । लोकेन साँबाको निर्देशन रहेको लिम्बु कथामा रहेकाे चलचित्र ‘सुगुप’ दुबईमा ‘प्रिमियर शो’ हुने भएको छ ।

आगमी मार्च ३० मा चलचित्र ‘सुगुप’ दुबई (यूएई) को स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा प्रदर्शन हुने भएको हो ।

 

नेपाल राष्ट्रिय चलचित्र पुरस्कर–२०२५ बाट पुरस्कृत एवम् राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न विधामा अवार्ड पाउन सफल फिल्म ‘सुगुप’ लिम्बू समुदायको संस्कारलाई लक्षित गररे बनेको नेपाली चलचित्र हो । यो चलचित्र स्वदेश तथा विदेशमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।

चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई लोकेन साँबाले निर्देशन गर्नु भएको हो ।

 

चलचित्रमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूले श्वर दिएका छन् । पार्शसंगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ ।

पटकथा संवाद देवेन्द्र खापुङ ‘सुर्केली’ को रहेको चलचित्रमा छायाँङकन युवराज राई ‘वीरवहादुर’ले गरेका छन् ।

 

चलचित्रमा मुख्य निर्माता र प्रस्तुतकर्तामा रविनकुमार नाल्बो, निर्मातामा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, सहनिर्मातामा एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, स्वर्गीय रामप्रसाद पन्दाक रहनु भएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;