दमकमा ‘आदिवासी सांस्कृतिक महोत्सव’  हुने

 लिम्बुवान न्युज
                       

दमक, १५ चैत ।  दमकमा यहि चैत २१ गतदेखि  बैशाख ४ गतेसम्म ‘आदिवासी सांस्कृतिक महोत्सव’  हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेको सो महोत्सवको तयारी तीव्र पारिएको हो । महासंघको महोत्सव यो दोश्रो संस्करण हो । यसअघि २०६८ सालमा पहिलोपटक महोत्सव लगाएको थियो ।

दमकमा १३ वर्षपछि महासंघले आदिवासी सांस्कृतिक महोत्सवलाई यसवर्ष निरन्त्रता दिएको अध्यक्ष अम्बरबहादुर कुमालले बताए । महासंघले महोत्सव सचिवालयमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो ।
महासंघका नगर अध्यक्ष कुमालले दमक- ७ को सयपत्री टोलमा आयोजना हुने महोत्सवका सवै काम धमामध भईरहेको जानकारी दिए । महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्नुका साथैं एक करोड बढीको कारोवार हुने अनुमान उनको छ ।

महोत्सव सफल बनाउन महासंघ दमक नगर अध्यक्ष कुमालको संयोजकत्वमा मूल आयोजक समिति तथा एक दर्जन बढी विभिन्न उपसमितिहरु गठन गरिएको सचिव समुन्द्रा लामाले बताईन् । महोत्सवमा जनजातिका खानापीन ,गरहगहना,लत्ताकपडासहित स्थानीय उत्पादनका बस्तुहरुको तीन दर्जन बढी व्यवसायिक स्टलहरु रहने छन् । महोत्सवलाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने उपाध्यक्ष नरबहादुर पुलामीले बताए ।
महोत्सवबाट प्राप्त हुने आम्दानी महासंघले दमक -८ स्थित निर्माणाधिन आदिवासी संग्रहालय निर्माणकालागि खर्च गरिने कोषाध्यक्ष ओममाया आङदेम्बेले बताईन् ।

नेपाल आदिवासी जनजाति महिला महासंघ दमककी अध्यक्ष मीना गुरुङले स्वागत मन्तव्य राखेको सो पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार संयोजक मोहन धिमाल,किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, राजवंशी विकास समिति दमकका अध्यक्ष भरुवा राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...