गर्भवती श्रीमति हत्यारा श्रीमान उमेश गिरि पक्राउ

 लिम्बुवान न्युज
                       


इलाम, फाकफोक। इलामको फाकफोकथुम गाउँपालिका– ३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको हत्या आरोपमा प्रहरीले उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत जेठमा गिरीसँग भागी विवाह गरेकी विमला ९ महिनाको गर्भवती थिइन् । घुम्न लैजाने भन्दै उमेशले गत फागुन २९ गते बेलुका घरबाट करिब २ घण्टाको दुरीमा लगेर श्रीमतीको हत्या गरी बाटो मै शव गाडेको प्रहरीले बताएको छ । विमलाको हत्या गरेको आरोपमा पक्राउ परेका उमेशलाई जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
विमला चैत १ गतेदेखि हराइरहेकी थिइन् । दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा करिब दुई घण्टाको पैदल दूरीमा रहेको फाकफोकथुम गाउँपालिका २ को धार्नेखोपस्थित दाहाल गोलाईमा कच्ची बाटोको बीचमा विमलाको शव गाडिएको अवस्थामा फेला पारेको थियो ।
विमलालाई हत्या गरेर शव बीच सडकमा गाडिदिएको भन्दै उमेशले नै ठाउँ देखाएपछि प्रहरीले शव फेला पारेको थियो । उमेशले चैत १ गते विमलालाई हत्या गरेर गाडेको देखिएको प्रहरीले बताएको छ । विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
विमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा प्रहरीले उमेशको विवाहेत्तर सम्बन्धका कारण बिमलाको हत्या गरेको देखिएको बताएको छ ।
‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाऔं भनी घरबाट लगेको देखिन्छ,’जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक एकनारायण कोइरालाले भने, ‘उमेशको बयान अनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छन्, श्रीमती सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेपछि खाडल खनेर गाडेको देखिन्छ।’
पक्राउ परेका उमेश एक्स्काभेटर चालक हुन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...