सन्देश सुब्बा लिम्बु पत्रकार संघको अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २२ चैत्र । लिम्बु पत्रकार संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा शन्देस सुब्बा सेन्लप निर्वाचित भएका छन् । शुक्रबार तेह्रथुमस्थित लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्कमा भएको महाधिवेशनबाट सुब्बा अध्यक्षमा निर्वाचित भएका हुन् ।

नगरप्रमुख अर्जुनबाबु माबोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षहरुमा सचितानन्द लिम्बु, महिला उपाध्यक्षमा सुजता लिम्बु र महासचिवमा जीवन योङहाङ लिम्बुलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी सचिवहरुमा ज्ञानु केदेम र सम्पदा लिम्बु छन् भने कोषाध्यक्षमा दिलकुमार फोम्बोलाई चयन गरेको हो ।

समितिका सदस्यहरुमा विना लिम्बु, मौसमी लिम्बु, धनबहादुर लिम्बु, सिंहबहादुर लिम्बु लगायत १७ सदस्यीय कार्य समिति बनेको नव निर्वाचित अध्यक्ष सुब्बाले बताए । उनले विधान अनुसार २१ सदस्यीय समितिमा थप सदस्यहरु पछि मनोनयन गर्ने समेत बताए ।

नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेयर मावोहाङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का महासचिव हिमा चेम्जोङ, फोनिज प्रदेश नं. १ का अध्यक्ष विजयबोध लावती, निवर्तमान फोनिज अध्यक्ष सन्तवीर लामा, किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ चोङबाङ, नेपाल पत्रकार महासंघ तेह्रथुम जिल्ला अध्यक्ष टिआर सेनेहाङ, लिम्बु भाषा इतिहास तथा साहित्यकार सेसेमी से नाल्बो लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।

तेह्रथुमको चोत्लुङ पार्कमा भएको उक्त कार्यक्रम निवर्तमान अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा भएको थियो ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;