वायु प्रदूषणले काठमाडाैंमा ठूलाे संकट उत्पन्न हुन सक्ने चिन्ताः सरकार किन माैन

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ चैत्र । वृहत् नागरिक आन्दोलनले वायु प्रदूषणको विषयमा सरकारलाई सम्झाउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको बताएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर बढेको प्रदूषण रोक लगाउने कामहरू तत्काल गर्न जरुरी रहेको भन्दै शनिबार एक विज्ञप्ति जारी गर्दै वायु प्रदूषणका गतिविधि निरुत्साहित गर्न गराउन आग्रह गरेको हाे ।

अत्यधिक वायु प्रदूषण देखिएका क्षेत्र वरपर रहेका बढी प्रदूषणको भार थप्ने देखिएका कलकारखाना केही दिनलाई बन्द गर्ने, प्रदूषित हावा उत्सर्जनमा बढी जिम्मेवार सवारीसाधनहरुको आवागमन नियन्त्रण गर्ने, सवारीसाधनमा आवश्यकता अनुसार जोरबिजोर प्रणाली लागू गर्ने लगायतका काम गर्न वृहत् नागरिक आन्दोलनले सुझाव दिएको छ ।

वृहत् नागरिक आन्दोलनले आम नागरिकको स्वास्थ्यप्रतिको असंवेनदशीलता, अकर्मण्यता र प्रतिक्रियाहीनताप्रति आपत्ति जनाएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख पालिका र सम्बन्धित प्रदेश सरकारहरूमा कुनै हतार, कुनै जागरुकता नदेखिनु अती क्षोभ र आश्चर्यको विषय भएको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

‘अभूतपूर्व राष्ट्रिय वातावरणीय र जनस्वास्थ्य संकटका बेलामा कुम्भकर्ण निद्रामा सुत्ने छुट जनप्रतिनिधि र सरकारहरूलाई छैन र सबैलाई आआफ्ना जिम्मेवारी बहन गर्न बृहत् नागरिक आन्दोलन जोडदार आह्वान गर्दछ,’ नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति हेर्नुहाेस् ः

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...