चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

,   लिम्बुवान न्युज
                       

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि हाईवे, तम्मर करिडोर, धनकुटे रोडलगायत सबै सडक बन्द गर्ने कार्यक्रम स्थगन भएको विज्ञिप्त मार्फत जनाएको हो ।

“मुक्कुमलुङ संस्कृति, सम्पदा, सभ्यता र मुन्धुमीस्थलमाथिको सांस्कृतिक संहार cultural Genocide, गोलि काण्ड, राज्यको मानवता विरोधी फुङ्लिङ काण्ड विरुद्द र केबलकार खारेजीको लागि” यातायात बन्दको कार्यक्रम घोषणा गरेको थियो । संघर्ष समितिले विभिन्न चरणबद्ध कार्यक्रमहरु निरन्तर गरिरहेको जनाएको छ ।

गत चैत्र १३ गते सर्वोच्च अदालतले केवलकार निर्माणको कामलाई यथास्थितिमा राख्नु भन्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेको र यस विषयको गाम्भिर्यतालाई मनन गर्दै निर्माण पक्ष र आन्दोलनरत पक्ष बिच २६ चैत्रमा पेशी तोक्ने आदेश दिएपछि यस विषयलाई मध्यनजर गर्दै तत्काललाई पूर्व निर्धारित कार्यक्रम स्थगन गरेको शुक्रबार एक विज्ञप्ति जारि गर्दै संघर्ष समितिले जनाएको छ ।

आन्दोलनरत पक्षका नेतृत्वहरु कुनैपनि हालतमा पछि नसर्ने जस्तोसुकै निर्णय आएपनि केवलकार निर्माण गर्न नदिने पक्षमा स्पष्ट रहेको वताउँछन् । बरु हामी मर्छौ तर केवलकार निर्माण गन्न दिन्नां उनीहरुको जिकीर रहेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;