चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि हाईवे, तम्मर करिडोर, धनकुटे रोडलगायत सबै सडक बन्द गर्ने कार्यक्रम स्थगन भएको विज्ञिप्त मार्फत जनाएको हो ।

“मुक्कुमलुङ संस्कृति, सम्पदा, सभ्यता र मुन्धुमीस्थलमाथिको सांस्कृतिक संहार cultural Genocide, गोलि काण्ड, राज्यको मानवता विरोधी फुङ्लिङ काण्ड विरुद्द र केबलकार खारेजीको लागि” यातायात बन्दको कार्यक्रम घोषणा गरेको थियो । संघर्ष समितिले विभिन्न चरणबद्ध कार्यक्रमहरु निरन्तर गरिरहेको जनाएको छ ।

गत चैत्र १३ गते सर्वोच्च अदालतले केवलकार निर्माणको कामलाई यथास्थितिमा राख्नु भन्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेको र यस विषयको गाम्भिर्यतालाई मनन गर्दै निर्माण पक्ष र आन्दोलनरत पक्ष बिच २६ चैत्रमा पेशी तोक्ने आदेश दिएपछि यस विषयलाई मध्यनजर गर्दै तत्काललाई पूर्व निर्धारित कार्यक्रम स्थगन गरेको शुक्रबार एक विज्ञप्ति जारि गर्दै संघर्ष समितिले जनाएको छ ।

आन्दोलनरत पक्षका नेतृत्वहरु कुनैपनि हालतमा पछि नसर्ने जस्तोसुकै निर्णय आएपनि केवलकार निर्माण गर्न नदिने पक्षमा स्पष्ट रहेको वताउँछन् । बरु हामी मर्छौ तर केवलकार निर्माण गन्न दिन्नां उनीहरुको जिकीर रहेको छ ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...