चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

 लिम्बुवान न्युज
                       


दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा सो खेल आयोजना गर्न लागेको हो ।
खेल नयाँ बर्षको अवसर पारेर २०८२ बैशाख ३ गतेबाट संचालन हुने भएको शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत जनाईएको छ । खेल आयोजक समितिका संयोजक देवेन्द्र तुम्म्रोक डम्बरका अनुसार प्रतियोगितालाई उत्कृष्ट र सम्मानजनक तवरबाट सञ्चालन गर्ने बताए ।
यस बर्ष चुलाचुली गाउँपालिकासँग सिमाना जोडिएका विभिन्न ६ र आयोजक २ वटागरि जम्मा ८ वटा टिमहरुको सहभागिता रहने संयोजक डम्बरले बताए । आयोजक चुलाचुली २ वटा (निलो र रातो), कमल गापा, शिवसताक्षी नपा, दमक नपा, मिक्लाजुङ गापा(मोरङ्), माङसेबुङ गा.पा. र माई नपा सहभागि हुने जनाइएको छ ।
चुलाचुली गाउँपालिकामा “अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिता २०८२”सञ्चालन हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने पालिकाको नारालाई जीवन्त पार्दै, चुलाचुली गाउँपालिका स्तरीय युवा तथा खेलकुद समन्वय समितिले नयाँ वर्षको अवसरमा यस खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने बताएको छ ,भने उक्त प्रतियोगिता आगामी २०८२ वैशाख ३ गतेबाट सुरु हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा यस प्रतियोगिताको विवरण सार्वजनिक गर्दै, आयोजक समितिका प्रमुख देबेन्द्र तुम्रुक डम्बरले प्रतियोगिता उत्कृष्ट र सम्मानजनक ढङगले सञ्चालन हुने सुनिश्चित गरिएको बताए। यस प्रतियोगितामा चुलाचुली गाउँपालिकाको सिमाना निकट रहेक पालिका अन्तर्गत विभिन्न ७ वटा टिमहरूको सहभागिता रहनेछ, जसका लागि खेल तालिका पनि सार्वजनिक गरिएको छ ।
प्रतियोगिता ०३ गतेदेखी वैशाख ०७ गतेसम्म सञ्चालन हुनेछ जनाइएको छ यद्यपी फाईनल भने २०८२ वैशाख २० गते सम्पन्न हुने पत्रकार सम्मलेनमा बताइएको छ । सबै खेलहरू चुलाचुली–४स्थित बालज्योति विद्यालयको खेलमैदानमा सम्पन्न हुने संयोजक डम्बरले बताए ।
कुल बजेट ९ लाख रुपैयाँ रहेको छ , यस बजेटमा चुलाचुली गाउँपालिकाले ८ लाख र ४ नं. वडा कार्यालयले १ लाख रुपैयाँ रहेको जनाइएको छ । आयोजकका अनुसार यस प्रतियोगितामा विजेता प्रथम र दोश्रो टिमलाई क्रमशः १ लाख र ५० हजार नगद, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।
पत्रकार सम्मेलन कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्ले यो प्रतियोगिताले चुलाचुलीलाई चिनाउन र नजिकका पालिकाहरुसँगको सम्बन्धलाई थप सुदृढ बनाउने बताउनु भयो । यसैगरी उनले गाउँपालिकामा खेलकुदको प्रोत्साहन र युवा सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । यसैगरी पत्रकार सम्मेलन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...