फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ ।

महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको महत्वलाई ध्यानमा राखी आयोजना गरिएको हो ।

फोनिजका संघीय उपाध्यक्ष सरु रानाले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइन् । उनले भनिन्, ‘मोफसलका सम्पूर्ण पत्रकार, सम्बद्ध संघ–संस्था र संचार माध्यमहरूको सहयोगमा यो आयोजना सफल हुने विश्वास छ।’

यसै अवसरमा फोनिजले धर्म, संस्कृति र पर्यटनको केन्द्र लुम्बिनीमा महाधिवेशन राखेर यसको अन्तर्राष्ट्रिय पहिचानलाई मजबूत पार्ने र पत्रकारिताका मुद्दाहरू छलफल गर्ने योजना बताएको छ।

महाधिवेशनमा देशभरका साढे पाँचसय भन्दा धेरै प्रतिनिधिहरु, आदिवासी जनजातिका पत्रकार, संचारकर्मी, सामाजिक संस्थाहरू र नीति निर्माताहरू सहभागी हुने अपेक्षा छ । फोनिजले यस अवसरमा पत्रकारिताको चुनौती, सूचनाको अधिकार र सांस्कृतिक पहिचान जस्ता विषयहरूमा गहन छलफल गरिने बताएको छ ।

फोनिजमा राई, लिम्बु, तामाङ, मगर, नेवार, गुरुङ, सुनुवार, शेर्पा लगायत विभिन्न जाति जातिका पत्रकार संघहरु आबद्ध रहेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;