सेसेहाङ हुक्पा चोङबाङको संयोजकत्वमा तेह्रथुममा संयुक्त पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       

म्याङलुङ, १२ वैशाख । तेह्रथुममा सेसेहाङ हुक्पा चोङबाङको संयोजकत्वमा ३७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको छ । विहीबार सम्पन्न संयुक्त पहिचानवादी माेर्चाकाे तेह्रथुम भेलाले संयाेजकमा चाेङबाङलाइ चयन गरेकाे हाे । उनी लिम्बुवानखबर डटकमका सम्पादक समेत हुन् ।

साे भेलाले मोर्चाको सहसंयोजकहरुमा कृण्ण कटुवाल, पार्वता तेयुङ, भिमराज कन्दङ्वा, अरुणा सुक्वाबा र घनेन्द्र सुक्वाबा चयन गरेकाे छ ।

त्यसैगरी सदस्य सचिवमा राजकुमार तेयुङ, आर्थिक विभाग प्रमुखमा साम थाम्देन, आर्थिक विभाग उपप्रमुखमा सीता साम्रा पताङ्वा, सञ्चार विभाग प्रमुखमा रितुराज थेगुवा चयन भएका हुन् ।

सदरमुकाम म्याङलुङमा पहिचान आन्दोलनमा योगदान पुर्याएका म्याङलुङ– ९ पाटिगाउँका चन्द्रसागर सुक्वाबालाई कार्यक्रममा सम्मान गरिएको छ । उहाँ मुक्कुम्लुङ आन्दोलनमा ११ दिन राजवन्दीमा परेर हिरासतमा बस्नुभएको थियो ।  पहिचान आन्दोलनमा पुर्याेएको योगदानको कदर गर्दे उहाँलाई  कार्यक्रमका प्रमुख अतिथि पहिचानवादी मोर्चाका केन्द्रिय नेता डकेन्द्र सिं थेगीमले  ढाकाको टोपी ओढाएर सम्मान गर्नुभएको छ ।

भेलामा पहिचानवादी मोर्चाका सहसंयाेजक ज्ञान बहादुर गुरूङ, केन्द्रिय नेताहरु खगेन्द्र माखिम, राम बहादुर तुम्बाहाङ्फे, विष्णु थाम्देन, एल वि पालुङ्वा लगायतको उपस्थिति रहेको थियो । भेला पहिचानवादी मोर्चा तेह्रथुमका निवर्तमान संयोजक नारायण गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

भेलामा विभिन्न निर्णयहरु भएका छन् । जसमा पहिचानको आन्दोलनलाई ससक्त रुपमा अघि बढाउने, जिल्लाका विभिन्न स्थान तथा ऐतिहासिक स्थलहरुको अपभ्रमित नामहरुको पुरानै नाम कायम गर्न संघर्ष गर्ने, पहिचानवादी मोर्चा गठनलाई विस्तार गर्ने, कोशी नाम खारेजीको मागलाई निरन्तरता दिंदै प्रदेशको नामाकरण पहिचानको आधारमा राख्न संघर्ष गर्र्ने लगायतका निर्णयहरु भएको नवगठित मोर्चाका संयोजक सेसेहाङ हुक्पा चोङबाङले बताउनुभयो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...