चुलाचुली साहित्य उत्सव २०८२ हुँदैः ७० भन्दा धेरै सर्जकहरूकाे प्रस्तुति हुने

 लिम्बुवान न्युज
                       

दमक, १६ वैशाख । इलामको दक्षिणी क्षेत्र सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते आयोजना हुने ‘चुलाचुली साहित्य उत्सव २०८२’ मा प्रदेश १ का ७० भन्दा बढी सर्जकले आफ्ना सृजना प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
चुलाचुली गाउँपालिकाले गठन गरेको ‘भाषा, साहित्य, कला, संस्कृति तथा पर्यटन समन्वय समिति’को आयोजनामा चुलाचुली ५ चपेटीस्थित भञ्ज्याङ एग्रो टुरिजममा हुने उत्सवले चुलाचुलीको पर्यटनको सम्भावनालाई साहित्यसँग जोड्ने लक्ष्य समेत रहेको समितिका अध्यक्ष विवश बलिभद्र कोइरालाले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्ले चुलाचुलीलाई सृजनशील क्षेत्रबाट चिनाउन पालिकाले यस अघिदेखि नै साहित्यिक क्रियाकलाप गरिरहेको बताउनु भयो । “यस उत्सवले भौतिक विकास मात्र विकास होइन भन्ने कुरालाई छर्लङ्ग पार्ने छ”– अध्यक्ष केरुङ्ले बताउनु भयो ।
उत्सवमा १ नं. प्रदेशका सर्जकलाई प्रतिनिधिमूलक सहभागिता गराइने छ । उत्सवको पहिलो दिन ‘प्रतिनिधिमूलक कविता वाचन’, ‘कवि र कविता’ र ‘गजल साँझ’ आयोजना हुनेछ । सोही दिन ग्रामिण पर्यटन प्रवद्र्धनमा साहित्यको योगदान विषयक बहस समेत हुने आयोजकले जनाएको छ ।
कवितामा मिश्र बैजयन्ती, विन्दु दाहाल मूकदर्शक, मनु मञ्जिल, विमल वैद्य, देवान किराती, भरत गुरागाईं बर्बरिक, हाङयुग अज्ञात, विष्णु न्यौपाने, धनकुटे कान्छा, यज्ञ परिश्रमी, टीका आत्रेय, हरि कट्टेल, हेमन यात्री, खगिन्द्रा खुसी, प्रतिभा पौडेल, अमित थेवे, रचना लावती, कृष्ण उदासी, टीका भट्टराई नेपाल, सेलिङ केसी, रुमानी कुलुङ, कविता राई गाउँले, जिना अधिकारी, अर्जुन दुलाल, रीता पोख्रेल, गगन योक्पाङदेन, उमेश विरोधी, मदन भण्डारी, जितेन साम्पाङ राई, पराजित पोमु, तुलसीप्रसाद भट्टराई, याग्दुहाङ धिरजको प्रस्तुति रहने छ ।
उत्सवमा ‘ग्रामिण पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका’ विषयक बहसमा सर्जक एवम् पत्रकार भूपेन्द्रराज तिम्सिनाको सहजीकरणमा सीमा आभास, प्रकाश थाम्सुहाङ र गिरीराज बास्कोटाको सहभागिता रहने छ ।
गजल साँझमा सुमित्रा बाङ्देल चेली, टंक विकल्प, शिव रेग्मी प्रणत, धनकुटे कान्छा, जेवी थुलुङ, रोहित पराई, मायामितु, एकु घिमिरे, याम थुलुङ, लीला अनमोल, दिलीप घिमिरे, कृष्ण काश्यप र यादव भट्टराईले गजल वाचन गर्नुहुनेछ ।
त्यस्तै, दोस्रो दिन देशु वनेम, विराट किराती, चन्द्र सम्बाहाम्फे, भिजन गुरागाईं, केशव रिमाल, विनोद थापा, तिलक राई, पुष्पा बोगटी, रोहिणी रसिकले पनि कविता वाचन गर्ने कार्यतालिका छ । ‘हाम्रो सिर्जनाः स्थानीय कविका कविताहरु’ कार्यक्रममा चुलाचुलीका कविका कविता प्रस्तुत हुनेछन् ।
जसमा इन्द्र घिमिरे, विमल पौडेल सहयोगी, उद्धव ओझा, धर्म सन्देश, डिम्पल वनेम, रोहितप्रसाद सुवार, श्रीकृष्ण चापागाईं, बद्रि चम्लागाईं, सावित्रा बास्कोटा, सवु सुधा, इशान केरुङ, सौरभ वास्कोटा विचारक र उत्सव न्यौपानेको प्रस्तुति रहने छ ।
‘चुलाचुलीमा नाटक ः हिजो, आज र भोलि’ विषयक बहस कार्यक्रम समेत हुने जानकारी गराइएको छ । सो अवसरमा सांगीतिक प्रस्तुति समेत हुनेछन् ।
उत्सवमा साहित्यकार अभागी थेगुवालाई सम्मानित गरिने छ भनें उपन्यासकार श्याम सिंगकको उपन्यास कोइलाखादाको लोकार्पण समेत गरिने छ ।
चुलाचुली क्षेत्रको सृजना प्रवद्र्धनका लागि गाउँपालिकाले वर्षेनी कार्यक्रममा आर्थिक व्यवस्थापन गर्दै आएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...