दमक बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास

 लिम्बुवान न्युज
                       

दमक, १६ वैशाख । दमक ६ स्थित बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास गरिएको छ । सोमबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापसहितको टोलीले सो पार्कको शिलान्यास गरेको हो ।

यो पार्कले दमकको सौन्दर्यता बढाउने अपेक्षा गर्नुका साथै बसपार्क क्षेत्रमा हुने दुर्व्यसनीका घटना हट्ने विश्वास स्थानीयले गरेको छ ।

दमकको बसपार्कको पूर्व तर्फ सानो डाँडो खाली ठाउँ छ । अलिकति खुला ठाउँ देखिएकोले यहाँ पार्क बनाएर यसको सौन्दर्यकरण गर्ने योजना दमक नगरपालिकाले बनाएकाे हाे ।

नगरपालिकाले यहाँ बुद्धको मूर्तिको स्तम्भ र विश्वकर्मा बाबाको सानो मन्दिर समेत बनाउन भन्दै बजेट बिनियोजन गरेको छ । १८ लाख ५६ हजार ४ सय ७० रुपैँयाको लागतमा बन्न लागेको यो पार्कमा के के हुन्छ र कस्तो बन्छ भनेर नगरपालिकाका सवइञ्जिनियर केशव सुवेदी जानकारी गराउनु भयो ।

बसपार्कमा यस खाले देउताको मन्दिर सहितको पार्क बन्दा यसले दुर्घटना न्यूनीकरण गर्न समेत मद्दत पुग्ने विश्वास बस व्यवस्थापन समितिको छ । साथै यहाँ हुने लागु औषध सेवन गर्नेहरुलाई निरुत्साहित समेत गर्न मद्यत पुग्ने समितिअध्यक्ष गंगा प्रसाद सिटौलाको विश्वास छ ।

आगामी जेठ ३० गते सम्ममै निर्माण सम्पन्न गरिने यो पार्कले दमकको सौन्दर्यता बढाउन त सकिन्छ नै तर यसै ठाउँमा बहुतले बसपार्क निर्माणमा अवरोध हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा दमक नगरपालिकाका प्रमुख थापा भन्नु हुन्छ ‘त्यो परियोजना निर्माण भयो भने पनि यसले कुनै असर पर्दैन । तर त्यो परियोजना कहिले बन्छ, यो चाँहि अहिलेनै बन्छ ।’

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...