फुङ्सो जवेगु याक्थुङ मुन्चइत चोक सयङ पान्थर अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

फेदेन, १६ वैशाख । पान्थर फेदेनमा याक्थुङ मुन्चइत चोक सयङ पान्थर जिल्ला कार्यसमितिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार पान्थरस्थित फेदेन बजारमा सम्पन्न अधिवेशनले फुङ्सो जवेगुको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

सयङकाे संघीय अध्यक्ष सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समितिको उपाध्यक्षमा भुपेन योङहाङ, सचिवमा रजनी हाङसरुम्बा, सहसचिवमा बुद्ध केरुङ र कोषाध्यक्षमा अमृता जवेगु निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा निसाम तुम्बापो, उत्तम योङहाङ, सुयोन आङदेम्बे, विवेक हाङ्सरुम्बा, मनेन्द्र केरुङ र समीर जवेगु रहेका छन् ।

उक्त अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ । मधु केरुङ, नरेन्द्रराज केरुङ, बुद्धराज लिम्बु र सुरेन शिशिर केरुङलाई सल्लाहकार समितिमा राखेको सयङ्ले जनाएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...