नाटक ‘उर्फ दारासिङ’ मण्डलामा मञ्चन सुरु

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ वैशाख । पूर्वी नेपाल, विशेष गरी इलाम र झापामा सक्रिय रहदै आएका रंगकर्मी चेतन आङथुपो र सुमन लिङदेनद्वारा लेखन तथा निर्देशन गरिएको नाटक ‘उर्फ दारासिङ’ मंगलबारदेखि काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ ।
सुदुरपुर्व लिम्बुवानको ईलाम थुमको सुदुर दक्षिणी भेगमा अवस्थित रहेको सुन्दर ग्रामीण क्षेत्र चुलाचुली गाउँपालिकाको आफ्नै भौगोलिक नाममा सिर्जनशिल नाट्य संस्था ‘चुलाचुली रंगमञ्च’ले लोकप्रिय ‘झोडा’ नामक नाटक मच्चन शोको अपार सफलतापछी भने, ’उर्फ दारासिङ’को नाममा दोस्रो नाटक मञ्चन शोमा जुटेका हुन् ।
‘उर्फ दारासिङ’ मा प्रस्तुत मुख्य पात्र दारासिङ केरुङलाई समाजमा मिथकजस्तै बनेको ‘फौदारीवाल’का रूपमा देखिएको छ । उनी लडाकु भए पनि हिंस्रक मनसाय नभएका, केवल व्यक्तिगत बल, साहस र सामाजिक प्रतिष्ठा प्रमाणित गर्ने उद्देश्यका साथ भिडन्तमा उत्रिने पात्रका रूपमा देखाइएको छ ।
नाटकमार्फत ‘फौदारी’ शब्दको उत्पत्तिबारे पनि प्रश्न उठाइएको छ, जुन सम्भवतः राज्यको हस्तक्षेप र नियमनसँगै मेलाहाटमा लडन्त गर्नेहरूलाई दिएको चिनारी हो ।
दारासिङ जो एउटा ग्रामीण भेगको याक्थुङ/लिम्बू समुदाय भित्र जन्मेका सामन्य भुईँमान्छे हुन् र थिए । जसको समुदाय, समाज र आम–लोकमा उसको अनेकंन किस्सा, आख्याँन र मिथकहरु सुनिन्थे/सुन्यौं, जो यधपी सुन्दै आईरहेका छौं । जसको ऊ बाँचेको समाजमा र वितेको जीवनशैलीको पलहरु बारे, उसको पुरापुर कथामा नाटक निर्माण गरिएको निर्देशक आङ्थुपो वताउँछन् ।
दारासिङ एउटा याक्थुङ/लिम्बू समुदायको भित्रको सर्वत्र चर्चा–परिचर्चा कमाएको ब्याक्तित्व पात्रको रूपमा स्तम्भ मात्र मानक नभएर आफैमा एउटा सिंगो देश/राष्ट्र र जनता/समाजको हितार्थ चाहिने ब्याक्तित्व वा पात्र भएको लेखक तथा अभियन्ता विक्रम वनेम फागो बताउँछन् । साथै दारासिङ् याक्थुङ मिथक समेत भएको हुँदा उनको सम्मानमा नाटक मञ्चन हुन गर्वको विषय भएको फागो पुनः जोड्छन् ।
साथै लेखक फागोले उर्फ दारासिङ् उनको असली नाम कर्ण बहादुर केरुङ लिम्बुको माङगेन्ना चोत्लुङ/शीर फोङमा/उच्चो उठाई दिनपनि र कलाकारहरुको उच्च सम्मान गर्न नाटक हेर्न समेत अपिल गर्नुभएको छ ।
नाटक वैशाख १६ गते मंगलबार देखि जेष्ठ ११ गतेसम्म मञ्चन गरिने परिकल्पनाकार तथा निर्देशक आङ्थुपोले बताएका छन् साथै सबै आएर नाटक हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...