मा राजकुमार नाल्बोको नेतृत्वमा मोरङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       


बेलबारी, १७ वैशाख । संयुक्त पहिचानवादी मोर्चा मोरङ जिल्ला समिति गठन भएको छ । माननीय संविधानसभा सदस्य राजकुमार नाल्बोको संयोजकत्वमा बुधबार बेलबारीस्थित  अादिवासी जनजाति महासंघकाे सभाहलमा ४७ सदस्यीय जिल्ला समिति गठन भएको हो ।


त्यसैगरी उक्त कार्यक्रममा सहसंयोजकहरुमा डिबि कुरुम्बाङ, केशव अधिकारी, सुजन लिम्बु र छत्रबहादुर जवेगु चयन भएका छन् । यसैगरी सदस्यसचिवमा अजितकुमार धिमाललाई जिम्मेवारी दिईएको छ ।
यसरी नै समितिको सदस्यहरुमा मदन मादेम्बा, रवि मादेन, जीवन राई, बिजु सुब्बा, बिजय धिमाल, पदम तामाङ, माधव राजवंशी, बलराम ऋषिदेव, पुर्ण पयाङगु, सेमिमा तुम्बाहाम्फे, सुनिता थक्सु, दिलकुमार लावती, राजभक्त सङमी, हाङमा बेघा, सुरेश थोप्रा, कुन्ता सुब्बा, युबराज कुरुम्बाङ, मणीकुमार पालुङ्वा, भिम सुब्बा, शहरमान सम्बाहाम्फे, शुक्र थेगिम, पुरन याख्खा, राम सावदेन, डिबि साम्बा, शान्ति लावती, राधा वनेम, कान्छी चेम्जोङ, जीतकुमार लिम्बू, नीरमाया लिम्बू, दिलमाया लिम्बू, सुबास चेम्जोङ, ज्ञानेन्द्र लिम्बू, बिष्णु चेम्जोङ, पुर्ण राई, सन्तोष लिम्बू, जयकुमार लिम्बू, भिम मिभक, लोकबहादुर इवा, अभिचन्द्र पयाङगु, ज्ञानेन्द्र राई सहित ४७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा मोरङ जिल्ला संयोजन समिति गठन भएको छ ।
त्यस्तै सल्लाहकार समितिमा बाङगाई धिमाल, केदार धिमाल, भविराज तुम्सा, चन्द्र लिङखिम, कुमार बोखिम, डिल्ली लिङ्दम र छत्रबहादुर साम्बा रहनु भएको छ ।

मोरङको जिल्ला भेला कार्यक्रममा नेताहरू संयोजक डकेन्द्रसिंह थेगिम, केपि पालुङ्वा, ज्ञानबहादुर गुरुङ, रामभक्त कुरुम्बाङ, अशोक चेम्जोङ, बिष्णु थाङदेन, केदार धिमाल, एलबी पालुङ्वा, बाङगाई धिमाल, बिराज आङदेम्बे, सुनिता थक्सु, राखी नेवाहाङ, भविराज तुम्सा, अजित धिमाल, आवाज लेक्वा, इन्दिरा धौराली, डिल्ली लिङ्दम यसरी नै कुमार बोखिम आदिको उपस्थिति रहेको नवनिर्वाचित सदस्य सचिव अजित धिमालले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...