शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा हङकङमा संयुक्त पहिचानवादी मञ्च प्रवास समिति गठन

 लिम्बुवान न्युज
                       

काठमाडौं, १८ वैशाख (१ मे, २०२५) । हङकङमा संयुक्त पहिचानवादी मञ्च (मोर्चा) प्रवास समिति विस्तार भएको छ । आज मे १ तारिक अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा समिति विस्तार भएको हो ।

मोर्चाका संयोजक डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा हङकङमा आयोजित कार्यक्रममा प्रवास समिति गठन भएको जनाइएको छ ।

उक्त कार्यक्रमले समितिको सदस्य सचिवमा आइन्बा पोमु, कोषाध्यक्षमा खगेन्द्र लाओती र प्रवक्तामा हाङ्सो अरुम्हाङ् रहेका छन् । यसरी नै सदस्यहरुमा चन्द्रमान पाख्रिन, रबिन नाल्बो, मौसम इम्बुङ, माया कुरुम्बाङ, तिलक गुरुङ, कमानध्वज लाओती, माया राई, नविन सुहाङ, तिलक सोमै मगर, एन्जिला शेर्पा र लोकेन थाम्सुहाङ रहेका छन् ।

त्यस्तैगरी सल्लाहकारहरुमा एमबि थापा मगर, रविन लिङदेन, जीवन मेयाङ्बो, जेबि ओख्राबु, कृष्णराज लाओती र टंक सम्बाहाम्फे रहेका छन् ।

हङकङमा आयोजित “नेपाली माटोको लागि एकात्मक सत्ताको विरुद्ध ऐतिहासिक पहिचानको संघर्ष किन ?” शिर्षक डा. लावतीले आफ्नो विचार राखेका छन् । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भनिएता पनि संविधान अक्षरस पालना नभई व्यवहारमा लागू गर्न नसकेको कारण देशमा पहिचान मुद्दा ओझेल परेको हो – अन्तरक्रियामा डा. लावतीले बताउनु भयो ।

कार्यक्रममा हङकङमा रहेर पहिचान आन्दोलनलाई सहयोग र सद्भाव राख्नुहुने विशिष्ट मानुभावहरुको सहभागिताको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...