नेपाली कथानक चलचित्र ‘मुन्धुम’को छायाँङकन हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, १९ वैशाख । नेपाली कथानक चलचित्र ‘मुन्धुम’को ७० प्रतिशत छायांकन सम्पन्न भएकाे छ । गत चैत २१ गतेदेखि संखुवासभा र ताप्लेजुङ लगायत विभिन्न स्थानहरूमा छायांकन भैरहेको चलचित्रका निर्देशक प्रकाश सुब्बा हुन् ।

लिम्बू याक्थुङ समुदायको साम्सामा (मृतात्माको यात्रा) मुन्धुम बारे याे चलचित्र बन्न लागेको हाे ।

फक्ताङ्लुङ फिल्म्स प्रा.लि.काे ब्यानरमा याे चलचित्र निर्माण भइरहेकाे जनाइएकाे छ । अब ३० प्रतिशत छाँयाङकन पश्चात याे चलचित्र २०८२ साल भित्रमा ठूलाे पर्दामा प्रदर्शनमा ल्याउने तयारी भइरहेकाे निर्देशक सुब्बाले बताउनु भयाे ।

चलचित्रमा प्रेम सुब्बा, अप्सरा सेर्मा, राज थापा काउचा, सागर केरुङ, विजय संयक, पुर्ण लिम्बू, सञ्जु थलङ, सागर सिङगल, सुदिप थक्लुङ लगायतको अभिनय रहेको छ । याक्थुङ जातिको शास्त्र मुन्धुममा आधारित चलचित्रलाई गंगामणि राइले छायांकन गरिरहेका छन भने कार्यकारिणी निर्माता आयुब केसि रहेकाछन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...