सन्तराम योङहाङको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा इलाम समिति गठन

 लिम्बुवान न्युज
                       


दमक, १९ वैशाख । संयुक्त पहिचानवादी मोर्चा इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलामस्थित फ्रेण्डस् होटलको सभाहलमा आयोजित कार्यक्रममा सन्तराम योङहाङको संयोजकत्वमा समिति बनेको हो ।

नवगठित समितिको सहसंयोजकहरुमा दोर्जे मोक्तान तामाङ, शेरबहादुर लोक्ताम, तिलरुपा सवेनहाङ, रमेश नेम्बाङ, नरेन्द्र राई, सन्जिता पन्धाक, फुलमाया काफ्ले तामाङ चयन भएका छन् भने सदस्य सचिवमा अमृत तामाङ त्यसैगरी सहसचिवहरुमा कुमार फत्र लिम्बु र रणधोज खाम्दाक रहेका छन् ।

यसैगरी उक्त कार्यक्रमले ७७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा ईलाम जिल्ला संयोजन समिति गठन भएको जनाइएको छ ।

कार्यक्रममा मोर्चाका नेताहरु डकेन्द्र सिंह थेगिम, ज्ञान बहादुर गुरुङ्, खगेन्द्र माखिम, मा राजकुमार नाल्बो, एल.बी. पालुङ्वा, टुपेन्द्र एक्तेन, भवि तुम्सा, गंगा सेर्मा राई, शुस्मा राई र शर्मिला आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...