लिम्बु पत्रकार संघकाे बैठक तथा अन्तरक्रिया सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, २० वैशाख । लिम्बू पत्रकार संघको पूर्ण बैठक तथा अन्तरकृया ३ बुँदे बिजयपूर घोषणापत्र जारि गर्दै सम्पन्न भएको छ । शनिबार सुनसरीस्थित धरानमा भएकाे साे बैठकबाट मुक्कुमलुङ आन्दोलनप्रति ऐक्यबद्धतासहित बिजयपुर घोषणापत्र जारि गरिएको हो ।

संघका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा बसेको बैठक तथा अन्तरकृयाले घोषणापत्रमा ‘मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि सञ्चारमाध्यम, सञ्चार गृह र राज्यको ऐन, कानूनहरु आदिवासी जनजाति, अल्पसंख्यक र सिमान्तकृत समुदाय, वर्ग र भूगोलमैत्री बनाउन माग’, ‘ताप्लेजुङमा अवस्थित प्रशिद्ध याक्थुङहरूकाे मुन्धुमीस्थल मुक्कुम्लुङमा निर्माण भइरहेकाे केबुलकार परियोजना आदिवासी याक्थुङ (लिम्बू) समुदायको आदिम मूल्यमान्यता, रैथाने दर्शन, पर्यावरण, परम्परा, प्रथाविपरीत रहेको ठहर गर्दै सशक्त रुपमा बौद्धिक र प्राज्ञिक हिसाबले सञ्चारमाध्यमहरुमा प्रतिरोध गर्ने र जारी नो केबुलकार अभियानमा ऐक्यबद्धता प्रकट गर्ने’ जनाइएको छ ।

त्यस्तै, विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वको संरचनाहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारका लागि राज्यका तीनै तहका सरकारहरु समक्ष सम्पदाका रुपमा सूचीकरण गर्न माग गर्ने घोषणापत्रमार्फत सार्बजानिक गरिएको छ ।

२२ चैत्र २०८१ मा लालिगुराँस नगरपालिकास्थित बसन्तपुरमा सम्पन्न संघको तेस्रो महाधिवेशन पश्चात याे दाेस्राे पूर्ण बैठक विविध विषयमा छलफल गर्दै अग्रज याक्थुङ संचारकर्मीहरूकाे उपस्थितिमा सम्पन्न भएकाे हाे ।

३ बुँदे विजयपुर घाेषणापत्र हेर्नुहाेस्ः

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...