धरानमा जसपा, नेपालकाे प्रदेश १ स्तरीय गाेष्ठी

 लिम्बुवान न्युज
                       

ललितपुर, २० वैशाख । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएका छन् ।

शनिबार जसपा, नेपालले धरानमा  आयाेजना गरेकाे प्रदेश नं. १ स्तरीय कोशी नाम र केवलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

शक्ति र बहुमतको बलमा जवरजस्त पेल्न खोजे जनताको आवज सामान्य र कमजोर छ भन्नेलाई भोली तेहि आवाजले विस्फोट हुदा खरानी वनाइदिने चेतावनि समेत दिएकाछन् ।

कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनःनामकरण यात्रा अगाडी बढने अध्यक्ष यादवको दावी रहेको छ । प्रदेश नामाकरण कुनै खोला, नाला कुल कुलेसोको आधारमा नामाकरण गर्नु नहुने बताए ।

पहिचान विनाको मानव सभ्यता र समुदाय नहुने तर्क गर्दै नेकपा एमाले र कांग्रेसले पहिचान मेटाउने प्रयास गरेको आरोप समेत अध्यक्ष यादवले लगाएका थिए । यस्तै अव्यवहारीक र अवैज्ञानिक नामाकरण र सिमाङकनलाई पुनःसंरचना आयोगले संरचनाको आधारमा नामाकरण र सिमाङकन गर्ने दावी समेत अध्यक्ष यादवले गरेका छन् ।

यादवले प्रदेश नामाकरण मात्र होईन ७ वटै प्रदेशको सिमाङकन समेत गलत भएको जिकिर समेत गरेकाछन् । यादवले केवलकार निर्माण गरेर मुक्कुमलुङको पहिचान मेटाउनु हुँदैन भन्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताउदै केबलकार निर्माण गरे आन्दोलनको विगुल जसपाबाट अझै सशक्त्त हुने चेतावनि समेत दिएका छन् ।

कोशी नाम र केबलकार खारेज तथा पहिचान कार्यदिशा बिषयक विचार गोष्ठीले पहिचान प्रतिनिधित्व र सामाजीक न्यायको आन्दोलनको बल दिदै बाटो दर्शाउने यादवको भनाई रहेको छ ।

गोष्ठीका अर्का व्यक्ता खगेन्द्र संग्रौलाले प्रदेश पुन नामाकरण गर्न बहुमत हुनु पर्ने बताए ।

संग्रौलाले कोशी नामाकरण खारेजी गर्न कि ठुलै मानव सागरको आन्दोलन भए मात्र कोशी नामाकरण खारेज हुने नत्र २०८४ मा पार्टीले बहुमत ल्याएमात्र सम्भव हुने स्पष्ट पारेका थिए ।

यादवले पहिचानवादी शक्ति एक ठाउमा उभिएर बुहमत ल्याउन आवश्यक रहेको वताए । पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले १ नं प्रदेश पुनः नामाङ्कन नभएसम्म आन्दोलन जारी रहने वताए ।

यसैगरी नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पनि प्रदेश १ काे पुनः नामाङकन नभएसम्म पहिचानवादीकाे आन्दाेलन निरन्तर जारी रहने बताए ।

गोष्ठीमा वक्ताहरु पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु रहेकाे प्रेस मञ्चका अध्यक्ष कमन देवानले बताए । कार्यक्रम सञ्चालन जसपा, नेपालका धरान अध्यक्ष ताजुव लिम्बुले गरेका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...