कमलमा लागूऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

बसन्त राज योङहाङ, कमल ।

वैशाख २५ । झापाको कमल गाउँपालिकामा आमाहरुका लागी लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना तालिम कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग र नवजागरण महिला समाज कमलको आयोजनामा सस्थाकी अध्यक्ष बिष्णुमाया बेघाको अध्यक्षतामा सस्थाको सभाहलमा ५ दिवसीय सचेतना कार्यक्रम समापन भएको छ ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा बोल्दै अध्यक्षले पछिल्लो समय समाजमा लागु औषध प्रगोगकर्ता निकै बढी र यसले समाजमा ठुलो विकृती निम्त्याउने भन्दै यसलाई निर्मुल पार्न निकै चुनौती थपिएको भएतापनि पालिकाले यसमा सहयोग गर्ने बताए ।

यस सचेतना कार्यक्रमले लागुऔषध प्रयोग कर्तालाई न्युनिकरण गर्न आमाहरुको महत्वपुर्ण भुमिका हुने भएको हुँदा आमाहरुलाई लक्षित गर्दै यो सिकाईबाट समाज रुपान्तरणमा आमाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै आमाहरुलाई प्रमुख अतिथि अध्यक्ष राईले धन्यवाद दिए ।
कार्यक्रममा विशिष्ट अतिथि कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले समाजमा रहेको लागु औषध प्रयोगलाई न्युनिकरण गर्दै सुन्दर समाज निर्माणमा आमाहरुको महत्वपुर्ण भुमिका हुन्छ । समाजमा भएका विकृतीलाई हटाउदै सुसंस्कृत समाज निर्माण गर्न भुमिका अहमं हुने बताए ।


कार्यक्रममा तोपगाछी खानेपानि तथा स्किम नम्बर १ का अध्यक्ष सुर्य प्रसाद दंगाल, सहभागीका तर्फबाट जमुना केरुङ, शान्त रेग्मी र सुमित खड्का लगायतले तालिम अत्यन्तै प्रभावकारी भएकोले धेरै कुरा सिक्ने अवसर प्राप्त अनुभव बताए ।
गत बैशाख २० गते बाट सञ्चालन भएको तालिममा ३ नम्वर वडा का २५ जना आमाहरु सहभागी थिए । सचेतना कार्यक्रममा सहभागी आमाहरलाई मनोसामाजिक परामर्शकर्ता प्रशिक्षक गोविन्दराज कट्टेलले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा तालिममा सहभागि आमाहरुलाई खादा ओडाई प्रमाण–पत्र वितरण गरिएको थियो यसरी नै अतिथिहरुलाई सस्थाबाट मायाको चिनो समेत सस्थाकी अध्यक्षले प्रदान गरेकी थिईन । कार्यक्रमको सञ्चालन सचिव रिता खतिवडाले गर्नु गरेकि थिइन भने उपाध्यक्ष नैनाला सेडाईले स्वागत मन्तव्य राखेकि थिइन् ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...