झापा गोल्डकपका निवर्तमान अध्यक्ष बस्नेतले गरे आत्महत्या

 लिम्बुवान न्युज
                       

 दमक, २६ वैशाख । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी तथा व्यवसायी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन ।

झापाको बिर्तामोड १ स्थित आफ्नै निवासमा उनले आत्महत्या गरेका हुन् ।

आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको जनाइएको छ । मृतक बस्नेत विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए ।

जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सह-संयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव समेत रहेका थिए ।

उनी विर्तामाेडस्थित सयपत्री ट्रेडलिंक मोटरसाइकल विक्रेताका सञ्चालक समेत हुन् । बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...