उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाँच साकेला सिली प्रदर्शन

 लिम्बुवान न्युज
                       

माङसेबुङ, इलाम । इलाम जिल्लाकाे माङसेबुङमा साकेला उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाच साकेला सिली प्रदर्शन गरिएको छ। साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समिति माङसेबुङ गाउँपालिका इलामको आयोजनामा माङसेबुङ-६स्थित पारुहाङ साकेला थान होस्टेमा बृहत् साकेला सिली प्रदर्शन गरिएको हो।

साकेला सिली प्रदर्शनका लागि पान्थर र इलाम जिल्लाका १८ वटा साकेला समूहले सहभागिता जनाएका थिए। जातीय भेषभूषामा सझिएका किरात राई समुदायका कलाकारले आफ्नो सांस्कृतिक नाँच साकेला सिली प्रदर्शन गरेका थिए।

गत वर्षदेखि होस्टेमा बृहत् साकेला प्रदर्शन गरिँदै आएको आयाेजकले जनाएकाे छ। चुलाचुली गाउँपालिकाकाे सहयाेगमा याे कार्यक्रम गरिदएकाे हाे । गत वर्ष हस्टेमा वाबुक (चिन्डो)को प्रतिमा राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले किरात समुदाय संस्कृतिको धनी भएको बताए। उनले किरात समुदायको संस्कृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका रूपमा अगाडि बढाउनुपर्ने बताए। यस्ता चार्डपर्व पहिचान झल्कने अवसर भएको बताए।

कार्यक्रममा बोल्दै पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए। यसका लागि पर्यटन कार्यालय सहकार्य गर्न तयार भएको उनको भनाइ थियो।

पूर्वमा बस्ने किराती समुदायले उधौली र उभौली विशेष कर्यक्रम गरेर मनाउँदै आएका छन्। बैशाखे पूर्णिमामा उभौली मनाउने गरिन्छ। प्रकृति पूजक किरातीहरूले वैशाखमा बाली लगाउने वेलामा उभौली र मंसिरे पूर्णिमामा बाली भित्र्याउने समयमा उधौली पर्वलाइ विशेष पर्वकाे रूपमा  मनाउने गरेका छन्।

चराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोलरझ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ। साकेला उभौली तथा उधौली किरातीहरू राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मनाउने गरेका छन्।

तस्वीरहरूः हरप्रहर डटकमबाट 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...