किरातीहरुले उभौली पर्व हर्षाेल्लासका साथ मनाए

 लिम्बुवान न्युज
                       

ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् ।

पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास गर्ने किरात राईहरुले त्यहाँमात्र होइन थातथालो छोडेर काठमाडौं उपत्यका स्थित काठमाडौं, ललितपुर र भक्तपुर त्यसैगरी नेपालका अन्य जिल्लाहरुमा पनि मनाएका छन् भने देशविदेशमा रहेकाहरुले पनि यो बर्ष राम्रो बालीनाली सप्रियोस भन्दै प्रकृतिको पूजा गर्दै पर्व मनाएका हुन् ।

किरात राईले उभौली त्यसैगरी याक्थुङ लिम्बूले यक्वा तङ्नाम, सुनुवारले स्यादर र याख्खाले युक्चाङ भनेर यो पर्वलाई मान्ने गर्दछन् । यस क्रममा आफ्नो जातीय पहिचान झल्किने पोसाकमा ढोलक, ढोल, झ्याम्टा लगायतका आ–आफ्ना सांस्कृतिक वाजागाजाको तालमा साकेला, केलाङ् लगायत मौलिक नाच्नहरु नाच्ने चलन छ ।

उभौलीको समयपछि गर्मी बढ्दै जाने भएकाले किरात समुदायमा चराचुरुङ्गीदेखि जीवजन्तु समेत माथिल्लो भेग उत्तरतर्फ चिसो स्थानमा लाग्ने विश्वास छ । यो पर्वमा आपसी सद्भाभावका साथ खुशी साटासाट गर्दै सांस्कृतिक परिकारहरु समेत बनाएर खाने चलन छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...