जारी-२ काे छायाँकन पान्थरमा शुरू

 लिम्बुवान न्युज
                       

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे ।

चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका पटकथा लेखन तथा निर्देशक उपेन्द्र सुब्बाले जनाएका छन् । यस चलचित्रकाे निर्मातामा राम बाबु गुरूङ् छन् ।

पुर्वी लिम्बु/याक्थुङ समाजमा रहेकाे विवाहित नारीले पुनः दाेस्राे विवाह गर्दा पहिलाे पतिलाइ दाेस्राे पतिले जारी तिर्नु पर्दा भाेगेका पिढादायी कथालाइ उत्कृष्ट कला मार्फत ‘जारी’ चलचित्र सुपरहिट थियाे साेही ‘जारी’को दोस्रो श्रृंखला ‘जारीःसङ् अफ च्इाब्रुङ’ (जारी-२) बन्न लागेकाे निर्देशक सुब्बाले बताए ।

डेढमहिनासम्म चल्ने छायांकन पाँचथरमा पुरै हुने निर्माणटिमले जनाएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा दयाहाङ राई र मिरुना मगरलाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।

याे चलचित्रलाइ आगामी दशैंमा प्रदर्शन मिति तय गरिएको जनाइएकाे छ ।

चलचित्रकाे शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर, विजय बराल र ऋचा शर्मा रहेका छन् । यसैगरी बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखु लगायतको पनि अभिनय हुने निर्देशक सुब्बाले बताए ।

घरेलु बक्सअफिसमा जारीले १७ करोडभन्दा धेरैको ब्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

‘जारी २’पछि बाँसुरी फिल्म्स ‘कबड्डी ५’को निर्माणमा जुट्ने निर्माता गुरूङले जनाएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;