माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने

 लिम्बुवान न्युज
                       

बेलबारी, ३० वैशाख / संयुक्त पहिचानवादी माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने भएकाे छ । पहिचानवादी माेर्चा, जिल्ला संयाेजन समिति, माेरङकाे साेमबार बेलबारीमा बसेकाे बैठकले माेर्चालाई सशक्त बनाउन संगठन बिस्तार, अन्तरकृया, भेटघाटलाई तिब्रता दिने निर्णय गरेकाे हाे ।

माेर्चाका जिल्ला संयाेजक मा. राजकुमार नाल्बाेकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्ला समितिलाई चलायमान गर्न सचिवालय समिति समेत गठन गरिएकाे छ ।

सचिवालय समितिमा रवि मादेन (उर्लाबारी), हाङमा लिम्बू (पथरीशनिश्चरे), दिलकुमार लावती (मिक्लाजुङ), सुनिता थक्सु (मिक्लाजुङ), राजभक्त सङमी (मिक्लाजुङ), युवराज कुरुम्बाङ (कानेपाेखरी),  पुरन याक्खा (सुन्दरहरैचा), दुर्गानन्द चाैधरी (सुन्दरहरैचा) लाई मनाेनयन गरिएकाे सदस्य सचिव अजितकुमार धिमालले जानकारी दिनुभयाे ।

त्यस्तै जिल्ला संयाेजन समिति, माेरङकाे आर्थिक गतिविधिलाई व्यवस्थित रुपमा सन्चालन गर्न राजकुमार पापाे (मिक्लाजुङ) लाई आर्थिक विभागमा मनाेनयन गरिएकाे समेत उहाँले जानकारी दिनुभयाे ।

माेर्चाकाे जिल्ला स्तरिय अभियानका दाैरान नाे काेशी आन्दाेलन, मुक्कमलुङ आन्दाेलनका बिषयमा जनतालाई सचेत गराउदै आन्दाेलनमा सहभागी हुन अनुराेध गर्ने जिल्ला संयाेजक मा. राजकुमार नाल्बाेले जानकारी दिनुभयाे । नेपाल जनमुक्ति पार्टि, प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, पहिचानवादी माेर्चा, नागरिक उन्मुक्ति पार्टि, प्रदेेश नं. १ समिति माेर्चाबन्दी भई संयुक्त पहिचानवादी माेेर्चा गठन गरेर राजनितिक रुपमा सकृय भईरहेकाे छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...