निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिमकाे समापन

 लिम्बुवान न्युज
                       

  • अजित धिमाल

उर्लावारी, ३१ वैशाख/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिकाे आयाेजनामा भएकाे निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिम सम्पन्न भएको छ । धिमाल परियाेजना स्थल, उर्लाबारी-३, मंगलबारेमा आज एक कार्यक्रमकाे आयाेजना गरि तालिम सम्पन्न भएकाे हाे ।

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुरकाे आर्थिक सहयाेगमा मिति २०८१ चैत्र २९ गतेबाट तालिम सन्चालन भएको थियाे ।

धिमाल परियाेजना स्थलकाे सभाहलमा भएको समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा ३ नं. वडाका वडाअध्यक्ष भीष्म बुढाथाेकीकाे प्रमुख आतिथ्यता रहेका थियो ।

धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समितिका अध्यक्ष अम्बरबहादुर धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सह अध्यक्ष केदार धिमाल, उपाध्यक्ष गिरिराज धिमाल, सचिवालय सदस्य पम्फा धिमाल, सचिवालय सदस्य नारायण राजदाेङ्गे, केन्द्रिय सदस्य लेखलाल धिमाल लगायतको उपस्थिति रहेको थियो भने सन्चालन महासचिव मातृका धिमाल र स्वागत मन्तव्य सचिव तथा कार्यक्रम संयाेजक राेमान्सी धिमालले राख्नु भएकाे थियाे ।

प्रतिष्ठानकाे ३ लाख रुपैया आर्थिक सहयाेगमा निशुल्क १ महिना तालिम सन्चालन गरिएकाे कार्यक्रम संयाेजक धिमालले जानकारी दिनुभयाे । कार्यक्रममा २० जनाकाे सहभागीता रहेकाे प्रशिक्षक शान्तिदेवी धिमालले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;