तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

,   लिम्बुवान न्युज
                       

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो ।

निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण मगरको गोलबाट खेलमा फर्कियो । बाँकी समयमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसक्दा खेल टाइब्रेकर तर्फ धकिलिएको थियो । 

टाइब्रेकरमा माङसेबुङका संगिन लिम्बू, आशाङ लिम्बू, प्रविन राई र मनोज लिम्बूले गोल गर्दा देउमाईको तर्फबाट दर्शन मुखिया मात्र गोल गर्न सफल भयो । देउमाईका किरण मगरको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो भने आदर्श गुरुङको प्रहार माङसेबुङका गोल रक्षक आयुष लिम्बूले बिफल तुल्याएका थिए ।

आयुष प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बने । अन्य व्यक्तिगत विधातर्फ माङसेबुङका मनोज लिम्बू उत्कृष्ट डिफेन्स, संगिन लिम्बू उत्कृष्ट मिडफिल्डर र प्रविन राई सर्वोकृष्ट खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि देउमाईका मुकेश मगरले पाए ।

विजेता बनेसँगै माङसेबुङले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देउमाईले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

इलामका १० वटै स्थानीय तह सहभागी प्रतियोगिता माइजोगमाई गाउँपालिकाको पूर्ण आर्थिक सहयोग तथा माइजोगमाई खेलकुद विकास  परिषदको आयोजनामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;