तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

 लिम्बुवान न्युज
                       

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको   

बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा  गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो 

निर्धारित समय  गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण मगरको गोलबाट खेलमा फर्कियो । बाँकी समयमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसक्दा खेल टाइब्रेकर तर्फ धकिलिएको थियो । 

टाइब्रेकरमा माङसेबुङका संगिन लिम्बू, आशाङ लिम्बू, प्रविन राई र मनोज लिम्बूले गोल गर्दा देउमाईको तर्फबाट दर्शन मुखिया मात्र गोल गर्न सफल भयो । देउमाईका किरण मगरको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो भने आदर्श गुरुङको प्रहार माङसेबुङका गोल रक्षक आयुष लिम्बूले बिफल तुल्याएका थिए ।

आयुष प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बने । अन्य व्यक्तिगत विधातर्फ माङसेबुङका मनोज लिम्बू उत्कृष्ट डिफेन्स, संगिन लिम्बू उत्कृष्ट मिडफिल्डर र प्रविन राई सर्वोकृष्ट खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि देउमाईका मुकेश मगरले पाए ।

विजेता बनेसँगै माङसेबुङले नगद  लाख  हजार  सय ११ रुपैयाँ सहित ट्रफीमेडल  प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देउमाईले नगद  लाख ३१ हजार  सय ११ रुपैयाँ सहित ट्रफीमेडल  प्रमाणपत्रमा चित्त बुझायो 

इलामका १० वटै स्थानीय तह सहभागी प्रतियोगिता माइजोगमाई गाउँपालिकाको पूर्ण आर्थिक सहयोग तथा माइजोगमाई खेलकुद विकास  परिषदको आयोजनामा सम्पन्न भएको थियो 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...