दमक कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, ३१ वैशाख । झापाकाे दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित  शिवीर संचालन गरिएकाे हाे ।

शिविरमा विद्यालयका विद्यार्थी मात्र नभई अभिभावकहरूको समेत उत्साहजनक सहभागिता रहेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका वरिष्ठ उपाध्यक्ष महेश थापाले स्वास्थ्यको महत्त्वबारे धारणा राख्दै बालबालिकाको स्वास्थ्य प्रतिको सचेतनाले समग्र समाजलाई दिगो र सक्षम बनाउन सकिने उल्लेख गरे। उनले आयुर्वेदिक चिकित्सा प्रणालीको वर्तमान सन्दर्भमा बढ्दो भूमिका र महत्त्वबारे पनि प्रकाश पारे।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, प्रदेश १ का अध्यक्ष बैजनाथ शाहले स्वास्थ्य प्रवर्द्धन सम्बन्धी प्रयोगात्मक जानकारी दिनुका साथै सहभागीहरूलाई प्राथमिक स्वास्थ्य जाँचका आधारमा रोगको पहिचान र रोकथामसम्बन्धी व्यावहारिक सुझावहरू प्रदान गरे।

 

शिविरको संचालन विद्यालयका प्रधानाध्यापक केशव राईले गरेका थिए। विद्यालयका सञ्चालक प्रविन चाम्लिङले मन्तव्य दिँदै यस्तो खालको कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई दीर्घकालीन रुपमा लाभ पुर्‍याउने बताए। उनले शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे।

शिविरमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय सदस्य उर्मिला ढकाल, उपाध्यक्ष श्यामकुमार श्रेष्ठ, कोशी प्रदेश सचिव दिपक भुजेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा सुनसरी जिल्ला अध्यक्ष तथा आयुर्वेद चिकित्सक विपेन्द्र पुर्वेले सयौं सहभागीको प्राथमिक स्वास्थ्य जाँच गरी आवश्यक परामर्शसहित निःशुल्क औषधि वितरण गरेका थिए। उनले दैनिक जीवनशैलीमा सुधार ल्याएर रोगहरूबाट सजिलै जोगिन सकिने बताए।

 

शिविरमा विभिन्न स्वास्थ्य परीक्षण, औषधि वितरण, खानपान तथा जीवनशैली सम्बन्धी सुझावहरू प्रदान गरिएको थियो। विद्यार्थीहरूका साथै अभिभावकहरूले शिविरलाई अत्यन्त उपयोगी र ज्ञानवर्धक बताउँदै यस्ता कार्यक्रम निरन्तर रूपमा आवश्यक रहेको बताएका थिए।

कार्यक्रमले शिक्षा र स्वास्थ्यको समायोजनमार्फत सामुदायिक चेतना अभिवृद्धिमा टेवा पुर्याउने आशा गरिएको छ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...