दमक कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, ३१ वैशाख । झापाकाे दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित  शिवीर संचालन गरिएकाे हाे ।

शिविरमा विद्यालयका विद्यार्थी मात्र नभई अभिभावकहरूको समेत उत्साहजनक सहभागिता रहेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका वरिष्ठ उपाध्यक्ष महेश थापाले स्वास्थ्यको महत्त्वबारे धारणा राख्दै बालबालिकाको स्वास्थ्य प्रतिको सचेतनाले समग्र समाजलाई दिगो र सक्षम बनाउन सकिने उल्लेख गरे। उनले आयुर्वेदिक चिकित्सा प्रणालीको वर्तमान सन्दर्भमा बढ्दो भूमिका र महत्त्वबारे पनि प्रकाश पारे।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, प्रदेश १ का अध्यक्ष बैजनाथ शाहले स्वास्थ्य प्रवर्द्धन सम्बन्धी प्रयोगात्मक जानकारी दिनुका साथै सहभागीहरूलाई प्राथमिक स्वास्थ्य जाँचका आधारमा रोगको पहिचान र रोकथामसम्बन्धी व्यावहारिक सुझावहरू प्रदान गरे।

 

शिविरको संचालन विद्यालयका प्रधानाध्यापक केशव राईले गरेका थिए। विद्यालयका सञ्चालक प्रविन चाम्लिङले मन्तव्य दिँदै यस्तो खालको कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई दीर्घकालीन रुपमा लाभ पुर्‍याउने बताए। उनले शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे।

शिविरमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय सदस्य उर्मिला ढकाल, उपाध्यक्ष श्यामकुमार श्रेष्ठ, कोशी प्रदेश सचिव दिपक भुजेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा सुनसरी जिल्ला अध्यक्ष तथा आयुर्वेद चिकित्सक विपेन्द्र पुर्वेले सयौं सहभागीको प्राथमिक स्वास्थ्य जाँच गरी आवश्यक परामर्शसहित निःशुल्क औषधि वितरण गरेका थिए। उनले दैनिक जीवनशैलीमा सुधार ल्याएर रोगहरूबाट सजिलै जोगिन सकिने बताए।

 

शिविरमा विभिन्न स्वास्थ्य परीक्षण, औषधि वितरण, खानपान तथा जीवनशैली सम्बन्धी सुझावहरू प्रदान गरिएको थियो। विद्यार्थीहरूका साथै अभिभावकहरूले शिविरलाई अत्यन्त उपयोगी र ज्ञानवर्धक बताउँदै यस्ता कार्यक्रम निरन्तर रूपमा आवश्यक रहेको बताएका थिए।

कार्यक्रमले शिक्षा र स्वास्थ्यको समायोजनमार्फत सामुदायिक चेतना अभिवृद्धिमा टेवा पुर्याउने आशा गरिएको छ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...