टुडिखेलमा साकेलाको रौनकः बच्चादेखि बुढासम्म कम्मर मर्काउँदै नाच्दै

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ जेठ । किरात राई समुदायले काठमाडौंस्थित टुडिखेलमा उभौलीको अवसरमा साकेला मनाएका छन् । शनिबार उपत्यकामा बसोबास गर्ने विभिन्न थरका राई समुदायले आफ्नो सांस्कृतिक परम्परा अनुसार टुडिखेलमा साकेला मनाएका हुन् ।

किरात समुदायले वैशाख शुक्ल (चण्डि) पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल धन्याचल पूर्णिमाको दिन उधौली पर्व मनाउने गर्दछन् । वैशाख २९ गते बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व मनाइएपनि शनिबार मात्र टुँडिखेलमा साकेला उभौली उत्सवको आयोजना गरिएको हो ।

किरात राई यायोक्खाको काठमाडाैं समितिले बिगत २३ बर्ष अगाडि देखि निरन्तररुपमा टुडिखेलमा यो पर्व मनाउँदै आईरहेको जनाएका छन् ।
किरात राई समुदायको मौलिक बाजा ढोल र झ्याम्टाका साथ प्रकृतिमा रहेका विभिन्न चरा–चुरुंगीहरुको नक्कलका साथ नृत्य गर्दै आपसमा खुसीयाली साट्दै मनाउने परम्परा रहेको छ ।

किरात राई, लिम्बु, सुनुवार तथा याक्खा समुदायले आ–आफ्नो परम्परा अनुसार प्रत्येक बर्ष यो पर्व मनाउँदै आईरहेका छन् ।

वैशाखे पूर्णिमामा अन्नबाली लगाउने सिजन सुरु हुने भएकाले बालीनाली सप्रियोस् र बर्षभारी खाने अन्न फलोस् भन्दै प्रकृतिको पूजा गरी यो पर्व मनाइन्छ । यसरी प्रकृतिको पूजा गरे बाली सप्रने किरात समुदायको धार्मिक विश्वास रही आएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...