मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन रोकिदैन

 लिम्बुवान न्युज
                       

दमक, ३ जेठ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले जेठ २ गते एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन नरोक्ने जनाएका छन् ।

ताप्लेजुङस्थित मुन्धुमीस्थल मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ पवित्रस्थलमा केवलकार निर्माण खारेजी आन्दोलन विगत सात बर्षदेखि शसक्त आन्दोलन भईरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा मुन्धुमीस्थलमाथिको हस्तक्षेप, अतिक्रमण विरुद्ध सडक आन्दोलनका साथै कानूनी उपचारसमेत खोजिदै आएकोमा सम्मानित सर्वोच्च अदालतमा विभिन्न मितिमा रिट निवेदन हालिएको र कतिपय मुद्दाहरु हालसम्मपनि विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै हालै गोली लागेका घाइते निवेदक याम लिम्बुले दायर गर्नुभएको रिट निवेदन उपर जेठ १३ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको र ३१ गते उक्त आदेशलाई निरन्तरता नदिएको यद्यपी सबै मुद्दाहरुको अन्तिम फैसलन नभइसकेको हुँदा केवलकार निर्माण गर्ने बाटो खुल्यो भनी अनर्गत प्रचारप्रसार गर्दै मुन्धुमवादीहरुको आस्था र भावनामा गम्भीरु चोट पु¥याईएकोे प्रति संघर्षरत संगठनले ध्यानाकर्षण गरेको जनाएको छ ।

आन्दोलनरत संगठनले विज्ञप्तिमा संविधान २०७२ को धारा २६(२) यसैगरी धारा ३२(२)ले ब्याख्या गरेको सन्दर्भमा र आइएलओ १६९ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनले प्रत्याभूत गरेका सबै आधारमा मुक्कुमलुुङ धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्नुको सट्टा माफिया दलाल पूँजीपति वर्गलाई जिम्मा लगाउने राज्यको निर्णय विरुद्ध मुक्कमुलुङ बचाउ आन्दोलन जारी राख्ने संघर्षरत संगठनहरुले विज्ञप्ति मार्फत जनाएका छन् ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...