मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन रोकिदैन

,   लिम्बुवान न्युज
                       

दमक, ३ जेठ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले जेठ २ गते एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन नरोक्ने जनाएका छन् ।

ताप्लेजुङस्थित मुन्धुमीस्थल मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ पवित्रस्थलमा केवलकार निर्माण खारेजी आन्दोलन विगत सात बर्षदेखि शसक्त आन्दोलन भईरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा मुन्धुमीस्थलमाथिको हस्तक्षेप, अतिक्रमण विरुद्ध सडक आन्दोलनका साथै कानूनी उपचारसमेत खोजिदै आएकोमा सम्मानित सर्वोच्च अदालतमा विभिन्न मितिमा रिट निवेदन हालिएको र कतिपय मुद्दाहरु हालसम्मपनि विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै हालै गोली लागेका घाइते निवेदक याम लिम्बुले दायर गर्नुभएको रिट निवेदन उपर जेठ १३ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको र ३१ गते उक्त आदेशलाई निरन्तरता नदिएको यद्यपी सबै मुद्दाहरुको अन्तिम फैसलन नभइसकेको हुँदा केवलकार निर्माण गर्ने बाटो खुल्यो भनी अनर्गत प्रचारप्रसार गर्दै मुन्धुमवादीहरुको आस्था र भावनामा गम्भीरु चोट पु¥याईएकोे प्रति संघर्षरत संगठनले ध्यानाकर्षण गरेको जनाएको छ ।

आन्दोलनरत संगठनले विज्ञप्तिमा संविधान २०७२ को धारा २६(२) यसैगरी धारा ३२(२)ले ब्याख्या गरेको सन्दर्भमा र आइएलओ १६९ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनले प्रत्याभूत गरेका सबै आधारमा मुक्कुमलुुङ धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्नुको सट्टा माफिया दलाल पूँजीपति वर्गलाई जिम्मा लगाउने राज्यको निर्णय विरुद्ध मुक्कमुलुङ बचाउ आन्दोलन जारी राख्ने संघर्षरत संगठनहरुले विज्ञप्ति मार्फत जनाएका छन् ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;