लाइफलाइन अस्पतालले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्दै

 लिम्बुवान न्युज
                       

दमक, ४ जेठ। झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

अस्पतालका नवनियुक्त सञ्चालक समिति अध्यक्ष बालचन्द्र सुब्बासहित सञ्चालकहरु सहभागी रहेको सो कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सिम्रिक गिरीले डिएम ग्यास्ट्रोलोजी र युरोलोजी सेवा थप गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

‘सञ्चालक समितिको निर्णय भएसँगै अब हामी युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप्ने अन्तिम तयारीमा पुगेका छौँ । हरेक हप्ताको शुक्रबार र शनिबार यो सेवा उपलब्ध गराउँछौँ’, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने । युरोलोजीअन्र्तगत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मृगौलामा भएको पत्थरी, पिसाब नली, अण्डकोषमा मासु पलाएको, सुन्निएकोलगायत रोगीले स्वास्थ्य सेवा प्राप्त गर्ने छन् । त्यस्तै डिएम ग्यास्ट्रोलोजीअन्तर्गत पाचन प्रणालीसँग सम्बन्धित र कलेजोमा लाग्ने रोगको उपचार हुने अस्पताल प्रशासनले जनाएको हो ।

आइतबारको भेटघाट तथा अन्तरक्रियामा बोल्दै अध्यक्ष सुब्बाले अस्पतालबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाउने, जनमानसमा कसरी सही सूचना पुर्याउने र जनतालाई स्तरीय सेवा पुर्याउने सम्बन्धमा अस्पताल र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको औँल्याएका थिए । ‘हामी अस्पतालका तर्फबाट अभियनकै रूपमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध भएर लागेका छौँ’, सुब्बाले भने ।

अस्पतालका सञ्चालक सदस्य भीम पौडेलले अस्पतालका बारे उठेका सबै विषयमा छलफल गरेर अगाडि बढ्न लागेको प्रष्ट पारेका थिए ।

पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानले स्थानीयस्तरका सबै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको उन्नयनमा सञ्चारकर्मीहरुको सकारात्मक सहयोग रहेको भन्दै सेवाग्राही जनताले गुणस्तरीय र सर्वसुलभ सेवा पाउनुपर्नेमा जोड दिएका थिए ।

मञ्चका पूर्व अध्यक्ष विष्णु प्रसाद पोख्रेलले अस्पतालले आफ्‌नो पृथक पहिचान बनाउनु पर्नेतर्फ जोड दिएका थिए । त्यस्तै, अग्रज पत्रकार विष्णु सुब्बा, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य सुदिप अधिकारीले सेवाग्राही जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा विस्तार गर्न सुझाव दिएका थिए ।

अस्पतालका सञ्चालक सदस्य राजकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका सञ्चालक सदस्यहरु विक्रम साह, डा. तिलकचन्द्र साह, डा. सूर्यनारायण साहलगायतको उपस्थिति रहेको थियो ।

दमक ५ मा निजी लगानीमा सञ्चालित लाइफलाईन अस्पताल एक सय शैय्याको अस्पताल हो । यहाँ स्टाफ नर्स, एचए, रेडियोग्राफी, ल्याब टेक्निसियन, फार्मेसीलगायत विभिन्न छ वटा फेकल्टीको पढाई हुँदै आएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...