लाइफलाइन अस्पतालले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्दै

 लिम्बुवान न्युज
                       

दमक, ४ जेठ। झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

अस्पतालका नवनियुक्त सञ्चालक समिति अध्यक्ष बालचन्द्र सुब्बासहित सञ्चालकहरु सहभागी रहेको सो कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सिम्रिक गिरीले डिएम ग्यास्ट्रोलोजी र युरोलोजी सेवा थप गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

‘सञ्चालक समितिको निर्णय भएसँगै अब हामी युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप्ने अन्तिम तयारीमा पुगेका छौँ । हरेक हप्ताको शुक्रबार र शनिबार यो सेवा उपलब्ध गराउँछौँ’, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने । युरोलोजीअन्र्तगत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मृगौलामा भएको पत्थरी, पिसाब नली, अण्डकोषमा मासु पलाएको, सुन्निएकोलगायत रोगीले स्वास्थ्य सेवा प्राप्त गर्ने छन् । त्यस्तै डिएम ग्यास्ट्रोलोजीअन्तर्गत पाचन प्रणालीसँग सम्बन्धित र कलेजोमा लाग्ने रोगको उपचार हुने अस्पताल प्रशासनले जनाएको हो ।

आइतबारको भेटघाट तथा अन्तरक्रियामा बोल्दै अध्यक्ष सुब्बाले अस्पतालबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाउने, जनमानसमा कसरी सही सूचना पुर्याउने र जनतालाई स्तरीय सेवा पुर्याउने सम्बन्धमा अस्पताल र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको औँल्याएका थिए । ‘हामी अस्पतालका तर्फबाट अभियनकै रूपमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध भएर लागेका छौँ’, सुब्बाले भने ।

अस्पतालका सञ्चालक सदस्य भीम पौडेलले अस्पतालका बारे उठेका सबै विषयमा छलफल गरेर अगाडि बढ्न लागेको प्रष्ट पारेका थिए ।

पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानले स्थानीयस्तरका सबै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको उन्नयनमा सञ्चारकर्मीहरुको सकारात्मक सहयोग रहेको भन्दै सेवाग्राही जनताले गुणस्तरीय र सर्वसुलभ सेवा पाउनुपर्नेमा जोड दिएका थिए ।

मञ्चका पूर्व अध्यक्ष विष्णु प्रसाद पोख्रेलले अस्पतालले आफ्‌नो पृथक पहिचान बनाउनु पर्नेतर्फ जोड दिएका थिए । त्यस्तै, अग्रज पत्रकार विष्णु सुब्बा, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य सुदिप अधिकारीले सेवाग्राही जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा विस्तार गर्न सुझाव दिएका थिए ।

अस्पतालका सञ्चालक सदस्य राजकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका सञ्चालक सदस्यहरु विक्रम साह, डा. तिलकचन्द्र साह, डा. सूर्यनारायण साहलगायतको उपस्थिति रहेको थियो ।

दमक ५ मा निजी लगानीमा सञ्चालित लाइफलाईन अस्पताल एक सय शैय्याको अस्पताल हो । यहाँ स्टाफ नर्स, एचए, रेडियोग्राफी, ल्याब टेक्निसियन, फार्मेसीलगायत विभिन्न छ वटा फेकल्टीको पढाई हुँदै आएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...