चुलाचुलीले राेक्याे दमकको फोहोर

 लिम्बुवान न्युज
                       

दमक, ४ जेठ । गाँस, वास र कपाससँगै फोहोर व्यवस्थापनको समस्या पनि आवश्यकताका रुपमा बढ्दो छ । यो क्रम सहरीकरण हुँदै गएका ठाउँमा ठूलै समस्याका रुपमा खडा भएको देखिएको छ ।

पछिल्लो समय झापाको दमक नगरपालिकाको फोहोर व्यवस्थापनमा स्थानको विषयमा भइरहेको विवादले थप समस्या सिर्जना गरेको छ । दमक ३ को बेलडाँगी उत्तर सामुदायिक वन क्षेत्रमा फ्याँकिएको फोहोरले बस्ती क्षेत्रमा दुर्गन्ध फैलिएर असर पुर्याएको भन्दै छिमेकी इलामको चुलाचुली गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले अवरोध गर्ने निर्णय गरेको छ ।

बिहीबारको भेलाले ५ नम्बर वडाध्यक्ष वविन राईको संयोजकत्वमा ‘फोहोरमैला व्यवस्थापन संघर्ष समिति’ गठन गरेको र समितिले शुक्रबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरी शनिबारबाट त्यहाँ फोहोर फ्याक्न रोक्ने जानकारी गराएको छ । ‘चुलाचुलीको भूभागमा फ्याकिने गरेको फोहोरले आसपास ज्यादै दुर्गन्ध फैलियो । प्रशोधन केन्द्र अन्यत्र सार्न हामीले पटक पटक जानकारी गराऔं । अटेर गरिरहेपछि वाध्य भएर संघर्षका कार्यक्रम अघि सार्यौं । समितिका संयोजक राईले भन्नुभयो ‘भोलि शनिबारबाट यसको व्यवस्थापन नगरे हामी फोहोर ल्याउन रोक्ने छौं ।’

हाल फोहोर फ्याँकिएको क्षेत्र रतुवा खोला किनारैमा जोडिएको तथा दमक रवि सडक र बस्ती नजिकै रहेकाले वातावरणीय आधारले पनि उपयुक्त नभएको संयोजक राईको ठहर छ । दुर्गन्ध फैलिएका कारण बस्तीमा झिंगा, लामखुट्टेको प्रकोप बढेको, सामुदायिक कुकुरहरुको बासस्थान बनेको, झाडापखालाको समस्या बढेको उहाँले उल्लेख गर्नुभयो । ‘त्यो त भयो भयोे, फोहोरमा भएको नूनिलो खान हात्ती आउने गरेकाले अर्कोखाले ठूलो समस्या भइरहेको छ ।’ – उहाँले थप समस्या दर्शाउनु भयो ।

प्रसोधन केन्द्र भन्दा बाहिर समेत जताततै फोहोर फ्याक्ने गरिएकाले सो बाटो हुँदै हिड्ने मानिसहरुलाई दुर्गन्धले हिँडिसक्नु नहुने गरेको संघर्ष समिति सदस्य प्रितिनारायण राईले उल्लेख गर्नुभयो । उहाँले विगत ७ वर्ष अघिबाट सञ्चालनमा ल्याइएको फोहोर प्रशोधनकेन्द वातावरणीय र कानुनी हिसावले पनि अन्यत्र सार्नुेपर्नेमा जोड दिनुभयो ।

सो स्थानमा सामुदायिक वन समूहले पनि त्यहाँ आफ्‌नो क्षेत्राधिकारमा फोहोर नफ्याक्न बारम्बार सुझाउँदै आएको छ ।
त्यहाँको फोहोर वर्षायाममा पानीले बगाएर रतुवा खोलाहुँदै झापाको दक्षिणी बस्तीमा पुगेर वर्षेनी झनै समस्या सिर्जना गरिरहेको छ । दमकको फोहोर व्यवस्थापनको काम नगरपालिकाले नेक्क्ट इरा एनर्जी प्रालिलाई जिम्मा दिएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...