दमकको मुख्य बजारमा ५ तले व्यवसायिक भवन बन्दै

 लिम्बुवान न्युज
                       

दमक, ५ जेठ । दमकको मुख्य बजारमा दमक नगरपालिका र नगर विकास कोषको लगानीमा ५ तले व्यवसायिक भवन धमाधम बनिरहेको छ ।

हालसम्म १८ प्रतिशत भौतिक प्रगति र १६ प्रतिशत आर्थिक प्रगति भइसकेको परियोजनाका कन्सल्टेण्ट किरण कुमार महतले प्रगति विवरण जानकारी गराउने क्रममा सो कुरा बताउनु भयो । दमकको इतिहास जोडिएको यो ठाउँमा बन्ने यो व्यावसायिक भवनले दमकको पहिचानलाई बदल्ने अपेक्षा गरिएको छ ।

यदि नियमित काम भयो भने अबको ९ महिनापछि दमकस्थित पुरानो सुनचाँदी लाइनमा भव्य व्यावसायिक महल निर्माण भइसक्ने छ । ४३ करोड लागतमा बन्ने भवन सुविधायूक्त ५ तलासम्मको बन्ने छ ।

दमकको इतिहास जोडिएको यो ठाउँमा बेग्लै पहिचान थियो । खासगरी व्यावसायिक चलायमान गराउन र दमकलाई व्यावसायिक हब बन्ने हिसाबको इतिहास थियो । तर त्यसको नामोनिसान मेटाएर यहाँ दमक नगरपालिकाले ऋण लिएर सपिङ कम्प्लेक्स बन्न थालेको छ । यसले दमकका व्यवसाय चलायमान बनाउन मद्धत पुर्‌ाउने वडा नं ७ का वडाध्यक्ष भीम पौडेल विश्वास व्यक्त गर्नुहुन्छ ।

लामो समयको बिवाद र मुद्धा मामिला समेत झेलेर यो ठाउँमा सपिङ कप्लेक्स बन्न लागेको हो । यसले दमकको व्यवसायलाई चलायमान बनाउने र दमकलाई आधुनिक सहरमा प्रवेश गराउन मद्यत गर्ने नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले उल्लेख गर्नु भएको छ । सोमबार यसको भूमि पूजन गरिएको छ ।

यदि यो परियोजनाको काम गर्दा समयमा भुक्तानी भयो र कुनै रोकावट नभएमा निर्धारीत समय भन्दा पनि अगावै निर्माण सम्पन्न गरिसक्ने निर्माण पक्षका माधवप्रसाद चौलागाईंको भनाइ छ ।

यो परियोजना निर्माण गर्न ४३ करोड २४ लाख १६ हजार ६ सय ४४ बजेटमा ठेक्का लागेको छ । २०८१ भदौ ९ गते परियोजना निर्माणको काम प्रारम्भ भएको थियो । अव ९ महिनापछि अर्थात २०८२ पुस २४ गते सम्ममा निर्माण गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । काम गर्न काठमाडौमा रहेको नव सिर्जनशील बंगलामुखी जेवीलाई ठेक्का दिइएको छ ।

तस्वीरः उज्यालाे खबरबाट ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...