कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

 लिम्बुवान न्युज
                       

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति खोज्दै आन्दोलनलाई थप शसक्त पार्ने बैठकमा सहभागी नेताहरुले बताएका हुन् ।
प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले कोशी नाममा भोट लगाउन त्रुटि भयो भन्दै आएका माओवादी केन्द्रका प्रदेश सभासदस्य, १४ जिल्ला सभापतिहरुले नाम सच्याउन पहल गर्न संयुक्त विज्ञप्ति निकाल्ने नेपाल कांग्रेस लगायतका पार्टीहरु, कोशीमा भोट नहाल्ने प्रदेश सभा सदस्यहरुसँग राजनीतिक संवाद गर्ने निर्णय गरेको छ ।

बैठकले आन्दोलनको नयाँ कार्यक्रम बनाउन किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा, नेपालका शीर्षस्त नेताहरु बसेर १५ दिन भित्र पेश गर्ने निर्णय भएको किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईले बताउनु भयो ।
साझा नाम टुङ्याउन किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ, शेर्पा संघ र पहिचानसहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समितिलाई जिम्मा दिने निर्णय भएको छ ।
प्रदेशमा रहेको कोशी उच्च बाँधले प्रदेशबासीलाई नकारात्मक असर पार्ने भएको हुँदा सो खारेजीको माग गर्न किरात राई यायोक्खालाई सहजीकरण गर्ने जिम्मेवारी दिईएको छ साथै पहिचानको लागि युवा गठन, पुनः गठन गर्ने लगायतको निर्णय भएको संयोजक थेगिमले बताउनुभयो ।
बैठकमा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष जनक राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, उपाध्यक्ष गोविन्द आङ्बुहाङ, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, पहिचानसहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संयुक्त पहिचानवादी मोर्चाबाट डा. महेन्द्र लावती, राष्ट्रिय मुक्ति पार्टीका शन्तोष मेहेता, नागरिक उन्मुक्ति पार्टीका दिलकुमार लावती बैठकमा सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका संजय राई, जनता समाजवादी पार्टीका आङ्काजी शेर्पा, किरात जनसंघीय अभियानका संयोजक नगेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा लगायत संगठनहरुबाट बैठकमा सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...