
सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो ।

यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन र अर्थिक बिभागमा वादिदन अन्सारी रहेका छ्न भने सल्लाहकारमा सोमरती अन्सारी सहित २९ सदस्य निर्वाचित भएका हुन ।
संयुक्त पहिचानवादी मोर्चा सुनसरी जिल्ला संयोजक श्री देउमान मेन्याङ्बोको अध्यक्षतामा भएको भेलामा मोर्चाका नेता एबि पङ्धाक, अमर इजम, जेन्टल लाओती, पुर्णकला तेयुङ, अबास मिया, महमतजल्लिल, युवा नेता रमेश राई, आयुश बराइली लगायतको उपस्थिति रहेको थियो ।