‘सेमीफुङ’ चलचित्रको प्रिमियर दमकमा भोलि हुँदै

 लिम्बुवान न्युज
                       


दमक, ८ जेठ । याक्थुङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र सेमिफुङको प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ । निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे पत्रकार भेटघाट गरेर जानकारी गराएको हो ।
पत्रकार भेटघाटमा चलचित्रका नायक एवम् निर्माता बबिन आङ्देम्बे, चलचित्रकर्मी राज थापा, किरात याक्थुङ चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, संस्कृतिकर्मी विक्रम वनेमलगायतको उपस्थित रहेको थियो ।
रणवीरन लिम्बू (रवि शेर्मा) को निर्देशन रहेको चलचित्रमा कलाकार राज थापा काउचा मगरको कथा/पटकथा/सम्वाद रहेको छ । सेसेमे से नाल्बो, साङ्सेन पन्धाक र आइत खजुमले चलचित्रमा गीत लेखेका छन् भने डिल्ली फोम्बोको संगीतमा देवेन चेम्जोङ, इन्दिरा नेम्बाङ, निरन्ता नेम्बाङलगातको स्वर रहेको छ । शुक्रबार प्रिमियर गरिने चलचित्रको शनिबार भने खुला प्रदर्शन गरिने निर्माता आङ्देम्बेले जानकारी दिएका छन् । उनका अनुसार प्रिमियर शोका लागि याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, याक्थुङ मुन्चईत् चोक् सयङलगायत संघसंस्था आयोजक छन् ।
चलचित्रको प्रिमियर शुक्रबार बिहान १० ः ३० बजे दमकस्थित डिम्याक्स हलमा हुने निर्माण पक्षले जनाएको छ । शनिबार भने चलचित्रको खुला शो रहने चलिचित्रका गीतकार पन्धाकले बताए ।
चलिचित्रमा सिडी बेघा, निर्मला देवान, संगीता लावती, त्रिभुवन लुङ्फङवा, नुनाम केरुङ, नरेन्द्र लिम्बू, याङसाङ मुकारुङ, बबिन आङ्देम्बेलगायतले अभियन गरेका छन् ।
इलामको माङसेबुङ र चुलाचुलीका विभिन्न स्थानमा, त्यसैगरी झापाको दमक, कमल, बुद्धशान्ति, शिवसताक्षीलगायत स्थानमा छायांकन गरिएको चलचित्रमा धर्म, संस्कार, संस्कृति र सिद्धान्तका कारण विभक्त शिक्षित वर्गका याक्थुङहरुमा आई परेको वैचारिक संकटको कथा बोलिएको निर्माण पक्षको दावी छ ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;