एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष घोषणा

 लिम्बुवान न्युज
                       


ललितपुर, १० जेठ । लिम्बु/याक्थुङ र लिम्बुवानको भाषा, साहित्य, संस्कार, संस्कृति र इतिहास सम्बन्धी अध्ययन, अनुसन्धान कार्यलाई युवाहरुमा थप हौसला प्रदान गर्न सहयोग पुराउन एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष घोषणा भएको छ ।
ताप्लेजुङ जिल्लामा जन्मिएर हाल क्यानडामा स्थायी रुपमा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङले किरात याक्थुङ चुम्लुङ अन्तर्गत लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन, व्यवस्थापन गर्ने गरी एक करोड रुपैयाँको प्राज्ञिक कोष स्थापना गरेका हुन् ।

उक्त कोषको ब्याज रकमबाट लिम्बु याक्थुङ र लिम्बुवान क्षेत्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखिएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताए ।

साथै यहि कोषबाट दुई–दुई वर्षको अन्तरमा सम्मानस्वरुप एक लाख रुपैयाँको विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार प्रदान गरिने छ भने असुन्धानवृत्ति’ हरेक वर्ष एक महिला र एक पुरुषलाई लिम्बु याक्थुङ अथवा लिम्बुवान सम्बन्धि अनुसन्धान कर्तालाई प्रदान गरिने बताइएको छ ।

शनिबार ललितरस्थित सयल बाटिकामा आयोजित समारोहमा बोल्दै अक्षयकोषदाता बिष्णुदत्त आङ्बुहाङले आफ्नो लिम्बु भाषा, साहित्य, संस्कृति, मुन्धुम र इतिहासको अध्ययन अनुसन्धानका लागि कोष स्थापना गरेको बताए । ‘हरेक देशका नागरिकको आफ्नो मातृभूमिप्रति विछट्टै माया मोह र स्नेह हुन्छ । आफ्नो रोजीरोटी र जीवनयापन तथा अध्ययनका लागि नेपालीहरू पनि विभिन्न मुलुकमा रहेका छन्,’ आङ्बुहाङले भने ।

आङ्बुहाङ दम्पतीले तीन चरण गरि १ करोड रुपैयाँको कोष खडा गरिएको लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगरिाज इङ्नाले बताउनु भयो । वि.सं. २०७३ सालमा २० लाख रुपैयाँको कोष स्थापना गरि यो कार्य शुरु भएको हो । त्यसपछि ३० लाख रुपैयाँ थप गरी ५० लाख रुपैयाँ पु¥याएका उनीरूले शनिबार त्यसमा थप ५० लाख रुपैयाँ थप गरी ‘एक करोड रुपैयाँको प्राज्ञिक कोष खडा गरिदिएको हो ।’ अध्यक्ष इङ्नामले भने ।

बिष्णुदत्त–सरस्वती प्राज्ञिक पुरस्कार लिम्बु इतिहासका लेखक स्वर्गीय कृष्णविक्रमलाई

शनिबार नै यो वर्षको विष्णुदत्त–सरस्वती प्राज्ञिक पुरस्कारबाट इतिहासकार स्वर्गीय कृष्णविक्रम नेम्बाङलाई प्रदान गरिएको छ । नेम्वाङको कृति ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध, २०८०’ प्रकाशित छ ।

स्वर्गीय नेम्वाङलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले नगद एक लाख रुपैयाँ राशीको उक्त पुरस्कारले मरणोपरान्त सम्मान गरे । उक्त पुरस्कार उनका छोरा धमेन्द्र विक्रम नेम्बाङ र छोरीहरुले संयुक्त रुपमा प्रदान गरिएको छ । पान्थरको पौवासारतापमा जन्मिएका इतिहासकार नेम्बाङको उक्त कृति प्रकाशित भएलगत्तै २०८० मंसिर ३ गते निधन भएको थियो ।

यस्तै यो बर्षको विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति विवेक गौतमलाई प्रदान गरिएको केन्द्रले जनाएको छ । गौतमले लिम्बु समुदायको ‘पाहा’को महत्वका विषयमा अध्ययन गरेका छन् ।

यसअघि विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कारबाट विजय लुम्फुङ्वा लिम्बू र डा. मोराहाङ लिम्बुलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, अनुसन्धानवृत्तिबाट इन्दु फोम्बो, राज माङलाक, एल.बी पालुङवा लिम्बू, अमर तुम्याहाङ, टेक लावती, कालीबहादुर लिम्बु, अमृता थेबे, सन्ध्या सुब्बा (सिङ्जाङ्गो), मधुराज केरुङ, भीमा सुब्बा लिम्बु, दिलेन्द्र कुमार सुब्बा, मनकुमार लिम्बु, सुवासचन्द्र तेयुङ, ताजुब कुमार लिम्बू, हितराम तिलिङ, डम्बर लावती र सीता मादेम्बाले विभिन्न विषय र सन्दर्भमा अध्ययन अनुसन्धान गरेका थिए ।

आङ्बुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३, हाङपाङमा जन्मिएका थिए । आफ्नो ऊर्जाशील जीवनको अधिकांश समय अध्यापनमा बिताएका उनले २०३२ सालदेखि २०४१ सालसम्म नेपाल सरकारको अधिकृत पदमा रहेर सेवा गरेका थिए । साथै अर्धसरकारी तथा गैरसरकारी संस्थाहरुमा समेत काम गरेका उनी २०५९ सालयता भने क्यानडामा स्थायी रुपमा परिवारहरुसँग बस्दै आएका छन् ।

लिम्बुवान अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा डा. युवराज लिम्बु तेयुङ, केन्द्रका सल्लाहकार डा. बालकृष्ण माबोहाङ लगायतले बोलेका थिए भने कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष भगिराज इङनामले गरेका थिए ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...