पहिचानवादी मोर्चा युके आस्पोट शाखा संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे)

 लिम्बुवान न्युज
                       


यूके, ११ जेठ । पहिचानवादी मोर्चा युके आस्पोट शाखाको संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे) चयन भएका छन् । आइतबार आस्पोटमा आयोजिक एक कार्यक्रमबाट फुरुम्बोको संयोजकत्वमा २४ सदस्यीय समिति गठन भएको हो ।


उक्त समितिको सहसंयोजकहरुमा दुर्गा पाङमा, धनु याक्खा, सचिवमा माक्सती ओख्राबो (सन्ध्या) र कोषाध्यक्षमा लक्ष्मी प्रसाद तुम्बाहाम्फे चयन भएका छन् । यसरी नै सदस्यहरुमा क्रमसः दिपेन्द्र फेयङ, हेम चोङ्बाङ, लोक गुरु, शान्ती लिम्बू (सानू), आशा मादेन, प्रेम गुरुङ, मान लक्सम, नहरजङ माबोहाङ, विनोद वनेम्, कविता माबोहाङ, प्रबिन लुम्फुङ्वा, बलहाङ माबोहाङ, चन्द्र किरण माबोहाङ, राज आङ्बुहाङ, काजिमान ओख्राबो, सिलाहाङ पतङ्वा, प्रसान्त देवान, डाग बहादुर चोङबाङ र राजेन्द्र नेम्बाङ रहेको जनाइएको छ ।
कार्यक्रममा मोर्चा यूकेका संंयोजक लाहाङ चेम्जोङ, विजय लुम्फुङवा, चुढामणी तुम्बाहाम्फे, राम इजम लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...