‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन

 लिम्बुवान न्युज
                       

ललितपुर, जेठ । पूर्वी इलामको चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक ‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन भएको छ । काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा करिब एक महिना मञ्चन गरिएको हो ।

चेतन  आङ्थुपोकाे निर्देशनमा बनेकाे नाटक गत वैशाख १६ देखि जेठ ११ गते आइतबारसम्म मञ्चन गरिएको नाटकलाई करिब एक हजार सात सय दर्शकले हेरेकाे जनाइएकाे छ ।

नाटकमा १७ कलाकारले अभिनय गरेका थिए भने चार जनाले प्रत्यक्ष वाद्यवादन गरेका थिए । समापन कार्यक्रमको अवसरमा लेखक धर्मेन्द्रविक्रम नेम्बाङ, पत्रकार टीकाराम यात्रीलगायतको उपस्थिति रहेको थियो ।

चुलाचुली रगमञ्चका प्रमुख चेतन आङ्थुपोको निर्देशन तथा रुपेश लामाको सहनिर्देशनमा रहेको नाटकको मुख्य निर्माता सुमन राई छन् । सहनिर्माता मोनरथ पोखरेल, लासेमी केरुङ, रुपा थुलुङ राई र दिलीप राई रहेका छन् ।

यो नाटक २००४ सालमा पाँचथरको चिलिङदेनमा जन्मिएर २०३७ साल पुसमा झापाको प्रसिद्ध तिर्थस्थल माईवेखी मेलामा हत्या भएका कर्णबहादुर केरुङको जीवनीमा आधारित रहेको निर्देशक आङ्थुपोले बताए ।

केरुङले पञ्चायती व्यवस्थाका बेला झोडामा बस्ती बसाउन गरेको योगदान साथै त्यतिवेला पञ्चायती व्यवस्थाका गाउँ पञ्चायतसँग गरेका प्रतिवाद साथै ३६ सालको जनमत संग्रहको चुनावको प्रतिनिधिमा उठेको समेत नाटकमा समेटिएको छ ।

उनलाई मेलामा धान नाँच्न बोलाएर जुवा खेल्ने क्रममा पञ्चेहरुले षडयन्त्र गरी पछाडिबाट खुकुरीले काटेर मारेको उनका सहयोगी फाइटरले बताउने गरेका छन् ।

दारासिंङ फौदारे हुनु भन्ने भास्यलाई यो नाटकले मज्जाले चिर्न खोजेको निर्देशक आङथुपो बताउँछन् । सामाजिक उत्तरदायित्व बोकेका आफू जहिल्यै पनि पहिचानको पक्षमा उभिएको भन्ने यो कथाले देखाएको छ । साथै नाटकमा झोडा फाड्दा अथवा फाडेर बस्ती बसाउँदा भोकेका कथालाई पनि समेट्ने प्रयास गरिएको छ । यसैगरी याक्थुङ लिपि शिक्षण बारे पनि कथामा समेटिएकाे छ ।

करिब १२ लाख रुपैयाँ लगानीमा बनेको नाटक चुलाचुली रंगमञ्चको नवौं नाटक हो । नाटकले पूर्वी नेपालमा भएको यथार्थपरक कथालाई बोकेको छ ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...