लिम्बु पत्रकार संघ तेह्रथुमकाे अध्यक्षमा राजकुमार तेयुङ् (तरेबा)

 लिम्बुवान न्युज
                       

मेयङलुङ, १४ जेठ ।  लिम्बू पत्रकार संघ जिल्ला कार्य समिति तेह्रथुमको अधिवेशन सम्पन्न भएकाे छ । बुधबार मेयङलुङमा भएकाे एक कार्यक्रमबाट राज कुमार तेयुङ तरेवाकाे अध्यक्षतामा नयाँ समिति बनेकाे हाे ।

रेडियो मेन्छ्यामयेमको सहभाहलमा सम्पन्न तेस्रो अधिवेशनले तेयुङको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र पयाङ्गु, सचिव रितुराज थेगुवा र कोषाध्यक्षमा सोनी लिम्बू चयन भएका छन् । त्यस्तै सदस्यहरूमा साम थाम्देन, सन्ध्या लिम्बू, कृतिका लिम्बू, पोषण लिम्बू र दिपेन लिम्बू चयन भएका छन्।

प्रदेश प्रतिनिधिहरूमा प्रकाश पाक्साँवा, कल्पना आङबुङ र यसोदा चेम्जोङ चयन भएका छन्।

कार्यक्रममा संघका संघीय अध्यक्ष सन्देश सुब्बाको प्रमुख अतिथ्यता तथा नेपाल आदिवासी जनजाति जनजाति महासंघ तेह्रथुमका वलदेव तुम्बाहाङफे, किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सह–सचिव सुविन्द्र थेगुवा, पत्रकार भिषण राई र नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङको विशेष आतिथ्यता रहेको थियो।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...