लोकेन्द्रराज थापाको संयोजकत्वमा पहिचानवादी मोर्चा खसान सम्पर्क समिति गठन

 लिम्बुवान न्युज
                       


ललितपुर, १७ जेठ । पहिचानवादी मोर्चा खसान प्रदेश सम्पर्क समिति गठन भएको छ । ललितपुर ताल्चिखेलस्थित मोर्चाको संघीय कार्यालयमा संघीय सदस्य लोकेन्द्र राज थापाको संयोजकत्वमा १३ सदस्यीय पहिचानवादी मोर्चा, खसान प्रदेश सम्पर्क समिति गठन गरिएको हो ।

उक्त समितिको सहसंयोजकमा पदम घर्ती, सदस्य सचिवमा रोशन राज थापा र सदस्यहरुमा राजाराम कार्की, जनक थापा, शिव सिर्पाली, माने नेपाली, सरु खड्का, काजी राम महर्जन, गणेश कार्की, लक्ष्मण सिर्पाली, जिबन बिसि र सन्तलाल महर्जन रहेका छन् ।

मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरु खगेन्द्र माखिम, बुद्धराज स्याङतेन, सरु लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...