
ललितपुर, १७ जेठ । पहिचानवादी मोर्चा खसान प्रदेश सम्पर्क समिति गठन भएको छ । ललितपुर ताल्चिखेलस्थित मोर्चाको संघीय कार्यालयमा संघीय सदस्य लोकेन्द्र राज थापाको संयोजकत्वमा १३ सदस्यीय पहिचानवादी मोर्चा, खसान प्रदेश सम्पर्क समिति गठन गरिएको हो ।
उक्त समितिको सहसंयोजकमा पदम घर्ती, सदस्य सचिवमा रोशन राज थापा र सदस्यहरुमा राजाराम कार्की, जनक थापा, शिव सिर्पाली, माने नेपाली, सरु खड्का, काजी राम महर्जन, गणेश कार्की, लक्ष्मण सिर्पाली, जिबन बिसि र सन्तलाल महर्जन रहेका छन् ।
मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरु खगेन्द्र माखिम, बुद्धराज स्याङतेन, सरु लिम्बु लगायतको उपस्थिति रहेको थियो ।