झापालीकाे कथासंग्रह ‘हिजाब’ माथि दमकका सहकर्मीहरुसँग संवाद

 लिम्बुवान न्युज
                       

दमक, १७ जेठ । लामो समयदेखि पत्रकारिता पेशामा रहेका युवा गोपाल झापालीले हालै प्रकाशित गरेको कथासंग्रह ‘हिजाब’ का बारेमा सहकर्मीहरुसँग संवाद गरेका छन् । शनिबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार झापालीले पहिले आफूलेनै पत्रकारिता कर्म गरेको क्षेत्र दमकका आफ्‌नै सहकर्मीहरुसँग यस्तो संवाद गरेका हुन् ।

झापाली हाल भने राजधानी काठमाडौंमा रहेर पत्रकारिता र साहित्यको क्षेत्रमा क्रियाशिल रहेका छन् ।
भूँडीपुराण प्रकाशनले निकालेको २१ वटा कथाको संग्रह ‘हिजाब’ मा झापालीले उनले अहिलेसम्मको जीवन र पत्रकारिता कर्म गर्दाको जीवन भोगाइका आधारमा विभिन्न समयमा लेखेर राखेका कथाहरुलाई संगृहित गरेको पाइन्छ ।

झापालीको कथासंग्रहका बारेमा साहित्यकार तथा पत्रकार विमल लामिछानेले भने– युवा पत्रकारले पहिलोपटक निकालेको यो उत्कृष्ट कथासंग्रह हो । यसमा समाजका विविध आयामहरुलाई समेटिएको छ । यो पठनीय र भाषाशैलीको हिसाबले उत्कृष्ट छ ।’

कवि तथा साहित्यकार धनकुटे कान्छाले यो झापालीको यो कथासंग्रह साजसज्जा, कागज, आकार, प्रस्तुति, डिजाइनले मात्र होइन, विषयवस्तुको संयोजनका आधारमा पनि दमकेली साहित्यकारहरुको जमातमा मात्र होइन, राष्ट्रिय स्तरमै चिनिने उत्कृष्ट २५ कथाकारहरुको कथासंग्रहमध्येको एक हो । यसका पात्र, परिवेश, घटना र चरित्रहरु यथार्थपरक र रोचक रहेका छन् । यसले पत्रकार झापालीलाई पत्रकारबाट अब साहित्यकारको चिनारी गराउन सफल भएको छ, धनकुटे कान्छाले भने ।

झापालीलाई साहित्यको क्षेत्रमा अब्बल कथासंग्रह लिएर पदार्पण गरेकोमा बधाई तथा शुभकामना समेत दिए, कार्यक्रममा सहभागी उनका सहकर्मी पत्रकारहरुले ।

दमकबाट पत्रकारिताको क्षेत्रमा रहेर कलम चलाउन शुरु गरेका झापालीले झण्डै अढाई दशक यहीँ कार्यथलो बनाएर विभिन्न पत्रपत्रिका, एफएम रेडियो तथा टेलिभिजनमा निष्ठापूर्वक काम गरेर विताए । उनी हाल राष्ट्रिय स्तरका अनलाइन मिडियाहरुमा कमल चलाउँछन् ।

पत्रकार तथा साहित्यकार भूपेन्द्रराज तिम्सिनाले झापालीका कतिपय कथाहरु पाठकलाई के होला के होला भनेर कौतुहल जगाउँदै बिट मारिएको किसिमका पनि रहेको र त्यो पनि कथाकारको लेखकीय खुबीको कुरा भएको भनेर चर्चा परिचर्चा गरे ।

कार्यक्रममा अधिवक्ता तथा मानवअधिकारवादी लक्ष्मी निरौला, पत्रकार मञ्चका अध्यक्ष कमन देवान, पत्रकारहरु मनकुमार गदाल, विष्णु पोखरेल, पंकज दाहाल, सुदीप अधिकारी, गिरिराज भट्टराई लगायतले झापालीको कथासंग्रह ‘हिजाब’ माथि आ–आफूले देखेपाएका कुराहरु राखेका थिए ।

सहभागी सबैको टिप्पणी र भनाई सुनेपछि कथाकार झापालीले आफूले पहिलेदेखिनै लेखेर राखेका कथाहरुलाई एउटै मालामा उनेर अहिले कथासंग्रहकाे रुपमा प्रकाशन गर्न सफल भएको बताए । उनले तर यो कथासंग्रह अब आफ्‌नो व्यक्तिगत नभएर साहित्यनुरागी सबै पाठक तथा आम नेपालीहरुको साझा सम्पत्ति भएको धारणा राखे ।

‘हिजाब’ मा के छ भन्ने बारेमा भने टिकाराम सापकोटाले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन पत्रकार मञ्चका अध्यक्ष कमन देवानले गरेका थिए ।

 

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;